टाटाको नेक्सन इभी म्याक्सको शोरुम वीरगञ्जमा «

टाटाको नेक्सन इभी म्याक्सको शोरुम वीरगञ्जमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभी म्याक्सको बिक्री मधेश प्रदेशको व्यापारिक सहर वीरगञ्जबाट पनि सुरु गरेको छ । कम्पनीले भर्खरै मात्र नेक्सन इभीको लङ रेन्ज नेक्सन म्याक्सलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।

थत बिहीबार एक कार्यक्रम बीच सिप्रदीले नेक्सन इभी म्याक्सको वीरगञ्जमा सार्वजनिक गरेको छ । अब यो गाडी बुकिङ तथा खरिद गर्न वीरगंजस्थित आधिकारिक शोरुमबाटै सकिने कम्पनीले जनाएको छ । यो गाडी नेपाल धेरै बिक्री भएको नेक्सन इभीको लङ रेन्ज इभी हो । सिप्रदीले यसलाई १०० किलोवाट मोटर पावरमा नेपाली बजारमा भित्र्याएको छ ।

यसको टप भेरियन्टको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । टाटाको नेक्सन इभी म्याक्समा ४० किलोवाटको ब्याट्री प्याक छ । यसले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा पहिलेको भन्दा शक्तिशाली क्षमताको ३.३ किलोवाटदेखि ७.२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ ।

जसमा ३.३ किलोवाट एसी चार्जरले ब्याट्री चार्ज गर्न लगभग १५–१६ घण्टा लाग्छ भने ७.२ किलोवाट क्षमताको एसी चार्जरले ब्याट्री चार्ज गर्न ५–६ घन्टा लाग्छ । तर फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले एक घन्टामै ब्याट्री फुल चार्ज हुनेछ । यसको लागि ५० किलोवाट क्षमताको डीसी फाष्ट चार्जर आवश्यक पर्दछ । टाटाको नेक्सन इभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको रेन्ज प्रदान गरिएको छ ।

साथै गाडीमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो नयाँ नेक्सन इभीमा हालको मोडलभन्दा बढी फिचर्स हुने गरी अपडेट गरिएको छ । अपडेटेड आईसीई इन्जिन, एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट लगायत यसमा उपलब्ध छ। हालको नेक्सन इभीमा रहेको पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) पनि यसमा समावेश गरिएको छ ।

यसबाहेक, नेक्सन इभी म्याक्सले ४८ सुविधासहितको जी कनेक्ट २.० कनेक्टेड कार टेक्नोलोजी अपग्रेड गरेको छ । यसले सिंगल–पेडल ड्राइभिङमा मद्दत गर्ने उच्चतम रेजेन लेभलको साथमा ब्रेकिङका लागि चार रेजेन लेभलसहित मल्टी–मोड रेजेन पनि प्राप्त छ । टाटा मोटर्सले एक अटो ब्रेक ल्याम्प थपेको छ जुन एक निश्चित स्तरमा पुगेपछि सक्रिय हुन्छ, जसले सडक प्रयोगकर्तालाई प्रभावकारी रूपमा पछाडि चेतावनी दिन्छ ।

प्रतिक्रिया दिनुहोस्