सांग्रिला डेभलपमेन्ट बैंक र एएजी आँखा क्लिनिकबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आई केयरका निर्देशक डा.सबिन ढकालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार क्लिनिकले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका आँखा सम्बन्धी उपचार सेवा तथा अन्य प्याकेज सेवालगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ ।
आँखा चेक जाँचमा बैंकका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।