लक्ष्मी बैंकको दुई नयाँ शाखा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज तनहुँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालिकामा एकै साथ आफ्नो दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यी जिल्लाहरूमा बैंकको यी क्रमशः दोस्रो र तेस्रो शाखाहरू हुन् । अब, लक्ष्मी बैंकको शाखा सञ्जाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाइल एजेन्ट पुगेको भन्दै बैंकले यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।