सानिमा बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा

सानिमा बैंक लिमिटेडले नवलपरासीको सुनवलमा नयाँ शाखा विस्तार गरेको छ । सुनवल नगरपालिका–४ मा बैंकले नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे । समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा ए.टी.एम. सञ्चालनमा रहेका छन् ।