रोहतो मेन्थोलाटम नेपालद्वारा ‘डिलर मिट प्रोग्राम’

रोहतो मेन्थोलाटम नेपालले ‘नेसनल डिलर मिट एण्ड प्रोडक्ट लन्च’ कार्यक्रम आयोजना गरेको छ । होटेल याक एण्ड यतिमा आयोजित सो कार्यक्रममा २०० भन्दा बढी डिलर समावेश थिए । कार्यक्रममा डिलरहरुको क्षमता अभिवृद्धि सम्बनधी तालिम प्रदान गरिएको थियो ।
रोहतो नेपालले आफ्नो ग्राहकको लागि नयाँ प्रोडक्टसमेत लन्च गरेको छ । कम्पनीले मिलानो सीसी ब्राण्डमा लोशन, एस्सेंस, जेल र मस्क र सनप्ले स्किन आक्वा ब्राण्डमा सिल्की ह्वाइट जेल, क्लियर ह्वाइट मिल्क, यूभी सनस्क्रिन ह्वाइटेनिङ लोसन, टोन अप लेभेन्डर एण्ड रोज लन्च गरेको हो । यी प्रोडक्टहरु विश्वासिलो तथा हाई क्वालिटी भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार मिलानो सीसी ब्राण्डका प्रोडक्ट सिधै जापानबाट आउँछ र यसले मिलास्मा ट्रिटमेन्ट र छालामा चमक ल्याउँछ । साथै, सनप्ले स्किन आक्वा प्रिमियम क्वालिटी हो जसमा एसपीएफ ५० प्लस र पीए ४प् लस पनि लन्च गरेको छ । दुवै प्रोडक्ट लिस्ट टेक्नोलोजी र इन्ग्रिडियन्सबाट विशेष गरि नेपाली छालाका लागि बनेको कम्पनीको दाबी छ ।
रोहतो मेन्थोलाटम नेपालका चेयरमेन हिरोफुमी सिरामात्सु र म्यानेजिङ डाइरेक्टर सुनसुकी सिनोडाले डिलरहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा व्यवसायलाई अझै अगाडी लाने योजना व्यक्त गरे । रोहतो मेन्थोलाटम नेपाल, एक बहुराष्ट्रिय कम्पनी हो, आधिकारिक रूपमा नेपालमा सन् २०१८ मा स्थापना भएको हो ।
यो रोहतो फार्मास्युटिकल कम्पनी लिमिटेड, ओसाका, जापानको सहायक कम्पनी हो । रोहतो मेन्थोलाटम नेपाल उच्च गुणस्तरको कस्मेटिक र छाला हेरचाह उत्पादनहरु को लागि प्रख्यात रहेको कम्पनीको दाबी छ ।
बनेपामा वृक्षारोपण
रोहतो मेन्थोलाटम नेपालले आफ्नो ईएचएस (वातावरण, सामाजिक र स्वास्थ्य) कार्यक्रमको रूपमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । यो परियोजनाले वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ। यो कार्यक्रम कम्पनीको दिगोपन प्रतिको समर्पण र हरियो भविष्य सिर्जना गर्ने लक्ष्यको प्रमाण हो ।
स्थानीय बासिन्दा र रोहटोका टोलीका सदस्यसहित कम्पनीका अध्यक्ष हिरोफुमी शिरमास्तु, प्रबन्ध निर्देशक सुनसुके सिनोडा, बोर्ड सदस्यहरू, बनेपा नगरपालिका वडा नं. १३ र १४ स्थानीय प्रतिनिधिको उपस्थिति थियो ।