‘आईएमई पे गरौँ, व्यवसाय बढाऔं’ भन्ने नारासहित आईएमई पेको बीटूबी सेवा

आईएमई डिजिटल सोलुसनद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पेले आफ्नो बीटूबी सेवा सुरुवात भएको घोषणा गरेको छ । आईएमई पे मूलतः एजेन्टको मदतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्यसहित निर्मित मोबाइल वित्तीय सेवाभए तापनि, आईएमई पेले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पेका टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔं’ भन्ने नारासहित आफ्नो बीटूबी सेवालाई सञ्चालन गर्ने जनाएको छ । बीटूबी सेवाको सुरुवातसँगै, आईएमई पेटच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको बचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरूसमेत थुप्रै भुक्तानीसम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्ने पनि कम्पनीले जनाएको छ ।
आईएमई पेका टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउटजस्ता मोबाइल मनीसम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पेको टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टलमार्फत अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एपमार्फत पनि यस्ता सेवाहरू प्रदान गर्न सक्छन् । जीटूपी (न्द्दए), पीटू जी (एद्दन्)र पीटूपी (एद्दए)सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षासम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्नसमेत आईएमईपे सक्षम छ ।