पर्यटकको आकर्षणमा पञ्चकुण्ड ताल «

पर्यटकको आकर्षणमा पञ्चकुण्ड ताल

अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको अन्नपूर्ण आधार शिविरस्थित अन्नपूर्ण, तिलिचो र निलगिरी हिमालको फेदीमा रहेको गोलो आकारको पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बनेको छ । चार हजार एकसय मिटर उचाईमा अवस्थित धार्मिक महत्वसँग जोडिएको पञ्चकुण्ड तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । आधार शिविरको समथर फाँट वरिपरि सुक्खा र उजाड पहाडको फेदीमा निलो तलाउ, तलाउ नजिक रहेका हिमाल, अन्नपूर्ण, निलगिरी लगायतले हिमालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको छ भने तालमा अन्नपूर्ण हिमालको छायाँ अवलोकन गर्न पाइन्छ ।

समुद्रीसतहदेखि चार हजार एकसय मिटरको उचाइमा अवस्थित २० बर्ग किलोमिटरमा फैलिएको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलनभई प्राकृतिक हिमताल बनेको लामो सयम भैसकेको छ । हिमाल चढ्न जाने आरोही, घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकलाई हिमालले भन्दा तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउने गरेको छ । ताल र हिमाल हेरेपछि बाटोको दुखः यस्ले मेटाउँछ ।

आधार शिविरको पूर्वाधार निर्माण गरेर पर्यटनहवको रुपमा विकास गर्नुपर्ने त्यहाँपुगेका रघुगंगा गाउँपालिका– ३ राखु पिप्लेकाका पर्यटक कमलखत्रीले बताए । “आधार शिविरमा आउँदा हिमालको फेदीमा रहेको नीलो तालले मोहित बनायो” खत्रीले भने,“यस क्षेत्रलाई प्रसार प्रचारमार्फत अघि बढाउन सके पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने छ ।” प्राकृतिक र धार्मिक महत्वसँग जोडिएको तालमा रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल रहेको कारणले यसलाई पञ्चकुण्ड तालको रुपमा नामाकरण गरिएको मौरिज हर्जोग पदमार्ग समितिका अध्यक्ष तेज गुरुङले बताए ।

हिमाल चढ्न आउने शेर्पाले यसलाई डिकिचो ताल नामाकरण गरेका थिए भने अहिले पञ्च कुण्ड तालको नामाङकरण गरिएको छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउँन शिवमन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । कुण्डमा स्नान गरेर धार्मिक पुजा आजा गर्ने गर्छन । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । आगामी दिन धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न धार्मिक पूर्वाधार निर्माण योजनापनि अघि बढाउने तयारी भएको गुरुङले बताए ।

सन् १९५० जुन ३ मा फ्रान्सको मौरिस हर्जोगले पहिलोपटक आरोहण गरेको ८ हजार ९१ मिटर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग पदमार्ग’ले एक दिनमा आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुगे पुल र आश्रयस्थल निर्माण गरेका छन् । सडक, पदमार्ग सेल्टर लगायत पूर्वाधारलाई स्तरोन्नती र थप गर्न अन्नपूर्ण गाउँपालिकाले आगामी वर्ष बजेटमा प्राथमिकता दिने योजनासहित पर्यटन प्रवर्द्धनबाट पहिचान भएका समस्यालाई समेट्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

मनमोहक दृष्य देख्न सकिने यस क्षेत्रमा घुम्न आउन स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँपालिकाले आग्रह गरेको छ । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रय स्थल रहेको छ । अन्नपूर्ण गाउँपालिकाको नारच्याङ गाउँदेखि २० किलामिटर सडक यात्रा माहुमखोला पुगे पछि पदैल यात्रामार्फत फुतफुते झरना, सन्र्धिखर्क गुफा, बुस्केटमेला, सुनखोला हुदै पञ्चकुण्ड तालपुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्