सीजी एसेसरिजले ब्लूटुथ हेडसेट– ‘सीजीपल्स’ ल्यायो «

सीजी एसेसरिजले ब्लूटुथ हेडसेट– ‘सीजीपल्स’ ल्यायो

सीजी मोबाइल्सले बुधबार सीजीपल्स नामक वायरलेस हेडसेट सीजी एसेसरिजका रूपमा सार्वजनिक गरेको छ । संगीत र अडियोका लागि विशेष रूपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगीत प्रेमीहरूका लागि उत्तिकै महत्वको रहेको भन्दै कम्पनीले नयाँ सीजीपल्स मोबाइल फोनहरू, ल्यापटपहरू, तथा अन्य मोबाइल डिभाइसहरू जसमा ब्लूटुथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका लागि उपयुक्त रहेको जनाएको छ ।
कम्पनीका अनुसार सीजी मोबाइल्सअन्तगर्तको सीजी एसेसरिजहरूलाई लोकप्रिय बनाउन सीजीपल्समा ४.१ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले केबल एक पटक चार्ज गरेपछि निरन्तर ६० घण्टासम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ३ घण्टासम्मको टक टाइम र प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताहरूले निरन्तर आफ्ना डिभाइसहरूमा कनेक्ट गरेर शारीरिक व्यायाम गरिरहेको बेला, काममा रहेको बेला, कुराकानी गरिरहेको बेला वा अन्य कुनै पनि समयमा बिना कुनै अवरोध गीत संगीतको आनन्द लिन सक्ने पनि कम्पनीको दाबी छ ।
यो डिभाइस उच्चतहको रिचार्ज गर्न मिल्ने ली ब्याट्रीसहित आउँछ, जसमा ५ भोल्टको चार्जिङ प्रयोग गरिएको छ । यो डिभाइस पूर्णरूपमा चार्ज गर्न २ घण्टामात्र लाग्छ ।
‘कयौं वर्षहरूदेखि सीजी मोबाइल्सले गुणस्तरीय, आकर्षक, आरामदायक र टिकाउ स्मार्टफोन, फिचर फोन तथा अन्य एसेसरिजका उत्पादनहरू विभिन्न श्रेणीमा ल्याइरहेको चौधरी ग्रुप सीजी मोबाइल डिभिजनका बिजनेस युनिट हेड रमेश श्रेष्ठले बताए । मोबाइलमा मिडियाको उपभोग निरन्तर बढिरहेको सन्दर्भमा ग्राहकहरूको अनुरोधलाई ध्यानमा राखेर कम्पनीले नयाँ वायरलेस उत्पादनहरू ल्याउन पाउँदा निकै हर्षित भएको पनि उनले बताए । यो डिभाइस एप्पल प्रयोगकर्ताहरूका लागि आईओएस तथा एन्ड्रोयड सिस्टम प्रयोगकर्ताहरू दुवैका लागि कम्प्याटिबल रहेको भन्दै उनले यसमा मोबाइलमा सुन्न प्रयोगकर्ताहरूका लागि ब्लूटुथ फ्लेक्सिबिलिटी प्रयोग गर्न सक्ने पनि बताए । बजारमा कालो रंगमा उपलब्ध नयाँ सीजीपल्स ब्लूटुथ हेडसेटको मूल्य ४ सय ९९ रुपैयाँ तोकिएको चौधरी ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्