सर्दै गरेको मुद्रास्फीतिको ‘गोलपोस्ट’ «

सर्दै गरेको मुद्रास्फीतिको ‘गोलपोस्ट’

विश्वव्यापी वृद्धि मन्द भएसँगै र मूल्यको तह बढेसँगै केन्द्रीय बैंकहरू आफ्नो मुद्रास्फीतिको लक्ष्य बढाउन लालायित भएका छन् । तर, ब्राजिलको पछिल्लो आर्थिक कठिनाइले आर्थिक खर्चलाई समर्थन गर्न मिलान गरिएको मूल्य स्थायित्वको परिभाषाले उच्च मुद्रास्फीतिको अवस्था ल्याउने र वृद्धि कम गराउने अवस्था देखाएको छ ।

चार दशककै सर्वाधिक कसिलो मौद्रिक नीतिको उग्र छालले विश्वकै ठूला अर्थतन्त्रहरू पनि सुस्त भयो । धेरै अर्थशास्त्रीमा केन्द्रीय बैंकहरूले कतै उनीहरूको मुद्रास्फीतिको लक्ष्य २ प्रतिशतभन्दा माथि त पुर्याउने हैन भन्ने सवाल खडा भएको छ । अन्ततः यिनीहरूले वृद्धिको बलिदान दिएर मुद्रास्फीतिविरुद्ध विजय प्राप्त गर्ने प्रयास गर्ने त होइनन् ?

तर, ब्राजिलको पछिल्लो आर्थिक कठिनाइले जिडिपी वृद्धिलाई समर्थन गर्ने र मुद्रास्फीतिसँग लड्नेबीचको ट्रेड अफलाई हटाउन नसकिने देखाएको छ । अन्ततः केन्द्रीय बैंकको लक्ष्य माथि उठाएर र हलुका उच्च मूल्यको तह आत्मसात् गरेर उच्च मुद्रास्फीति र कमजोर अर्थतन्त्र दुवैमा नतिजा पाउन सक्ने सम्भावना उच्च छ ।

सुरक्षामाथिको दबाब र जलवायु सम्बन्धित चुनौतीहरूबीच नीति–निर्माताहरू गोलपोस्टतर्फ आकर्षित हुन सक्नेछन्, यो पनि मूल्य स्थायित्वको सवालमा । विगत १५ वर्षका धेरैजसो अवधिमा विकसित अर्थतन्त्रहरू मुद्रास्फीति बढाउन पनि संघर्षरत थिए । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ र अन्य केन्द्रीय बैंकहरू सधैं नै २ प्रतिशतको मुद्रास्फीति प्राप्त गर्न पनि असफल भइरहेका थिए । तर, कोभिड–१९ को महामारी, अमेरिका–चीनबीच बढेको तनाव र युक्रेनमाथि रुसको अतिक्रमणले आपूर्ति श्रृंखला अवरोधतर्फ डोर्याएको थियो । यसले अन्ततः आधारभूत रूपमा मुद्रास्फीतिको धरातल नै बदल्यो ।

यस्तै भूमण्डलीकरणको विकासशील प्रकृति र स्वच्छ ऊर्जा संक्रमणले कम्पनीहरूलाई उनीहरूले कसरी सामान र श्रमिकको आपूर्तिको व्यवस्थापन गर्छन् भन्ने विषयमा पुनर्विचार गर्ने बनाएको छ । अप्रत्याशित ‘सकहरू’ सँगै आएको परिवर्तनले मुद्रास्फीतिका असरहरू ल्याउने सम्भावना देखिएको छ । तर, जलवायु परिवर्तन र चुलिएको भूराजनीतिक तनावले खतरा ल्याएको समयमा जोकोहीले पनि उच्च मुद्रास्फीतिले भर्खरैको हरित संक्रमणलाई क्षति पु¥याउन सक्ने तर्क गर्न सक्छन् । हालैको ‘सक’को एकसाथको असरलाई पहिचान गर्ने हो भने यसका लागि हाम्रो अर्थतन्त्रको काममा महत्वपूर्ण परिवर्तन आवश्यक पर्ने देखाएको छ । यसले स्वस्थ विकासको प्रतिनिधित्व गर्छ ।

मुद्रास्फीति र वृद्धिप्रतिको चालू बहस पनि व्यवसाय र उपभोक्ता मनोबलको अनिश्चिततालाई प्रशंसा गर्न सधैं नै असफल भइरहेको छ । मूल्य स्थायित्वको प्रस्तोतालाई मिलान गर्ने जोखिमको प्रयासलाई ब्राजिलले कम आँक्यो, यो पनि सानो अन्तरले । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सार्वजनिक रूपमै ब्राजिलको मुद्रास्फीति लक्ष्य धेरै तल भएको र उच्च ब्याजदरले अर्थतन्त्रलाई रूपान्तरित गर्ने सुझाव दिएका थिए । केन्द्रीय बैंकको मुद्रास्फीति अपेक्षा २०२३ का लागि ५.८ प्रतिशत र २०२४ का लागि ३.६ प्रतिशतमा बढाइएको थियो । २०२१ मा मात्रै सञ्चालनमा औपचारिक रूपमै स्वतन्त्रता पाएको केन्द्रीय बैंकले आफ्नो लक्षित दरलाई २०१८ का ४.५ प्रतिशतबाट यो वर्षका लागि ३.२५ प्रतिशत र २०२४ का लागि ३ प्रतिशतमा क्रमिक रूपमा झारेको छ ।

अद्यावधिक मुद्रास्फीतिको प्रतिक्रियामा बजारहरूले आफ्नो सुरुको तीव्र, आक्रामक दर कटौती चक्रलाई मिलान गरेका थिए र मूल्यलाई पनि बिस्तारै बढी क्रमिक ओरालो लाग्ने लक्ष्यमा झारेका थिए । सरकारको ऋण प्रतिफल वक्रको लामो अन्त्यमा लगानीकर्ताहरूले माग गरेको दीर्घकालीन ऋण होल्डजस्तो ‘रिस्क प्रिमियम’ पनि तीव्र रूपमा बढेको छ । अक्टोबरको राष्ट्रपति निर्वाचनअगाडि वास्तविक ब्याजदर ६ प्रतिशत नाघेको थियो, जसलाई पहिले नै अधिक र अवास्तविक मानिएको थियो ।

उच्च मुद्रास्फीति र चरम असमानताको सुपरिचित इतिहासलाई हेर्ने हो भने मूल्य स्थायित्व प्राप्त गर्नु जरुरी भइसकेको छ । तर, देशको तोडमोड गरिएको उच्च करहरूको आर्थिक अवस्था र खर्चले ऋणको स्थायित्वलाई सधैं नै बेवास्ता गरेको जस्तो देखाएको छ । महामारीको सुरुवातसँगै सरकारको ऋणको तह २० वर्षकै उच्च अवस्थामा पुगेको थियो । यसले वृद्धिमा सुधार भए पनि ब्राजिलको घाटालाई उपलब्ध गराउने कोषमा ठूलो परिमाणमा वृद्धि गराउनेछ ।

ब्राजिल विकसित मुलुक नभए पनि धनी मुलुकका नीति–निर्माताहरूले ब्राजिलले आफ्ना नागरिकलाई झिनो अतिरिक्त क्षतिमा उच्च मुद्रास्फीतिको लक्ष्य हासिल गर्न सकिन्छ भनेर विश्वास दिलाउन सक्छन् भन्ने मान्नु हुन्न । ब्राजिलको अनुभवले विकसित मुलुकका केन्द्रीय बैंकहरूले उच्च मुद्रास्फीति लक्ष्य तय गर्नुपर्छ कि पर्दैन भनेर तीन महत्वपूर्ण पाठ सिकाएको छ ।

पहिलो, मुद्रास्फीति लक्ष्यहरू अत्यावश्यकीय विश्वास चलाखी हो । यदि सरकारहरूले खर्च आवश्यक भए वा नभए पनि खर्चको उच्च अवस्थालाई समर्थन गर्न मुद्रास्फीति लक्ष्यलाई बढाउने अवस्था स्वीकार गर्नुपर्छ । यसले सबैलाई ऋण लागत अकाट्य रूपमा बढ्न जान्छ । यो अवस्थामा उच्च तहमा पुनः उद्घोष गरिएको मुद्रास्फीति अपेक्षाले मन्दीतर्फ डोर्याउनेछ, जसले मुद्रास्फीतिलाई नयाँ लक्ष्यभन्दा तल झार्न आवश्यक हुन सक्छ ।

दोस्रो, आर्थिक सबलीकरणको कार्यान्वयनबिना गरिएको मुद्रास्फीतिको लक्ष्य परिवर्तन गैरजिम्मेवारपूर्ण हुनेछ । यदि आर्थिक खर्च व्यवस्था गर्न लक्ष्य पुनः निर्धारित गर्ने कारण आयो भने जनताले पुनः निर्धारण स्थायी हुन्छ भनेर विश्वास गर्ने ठाउँ रहन्न । ब्राजिलको मुद्रास्फीतिका समस्याहरू आर्थिक स्थायित्व सधैं नै केन्द्रमा रहने गरेको छ । योभन्दा पनि ब्राजिलियन ढाँचाको कसिलो पैसा र खुकुलो आर्थिक नीति आत्मसात् गर्नाले निजी क्षेत्रको लगानीलाई सीमित पार्छ र रोजगारी वृद्धिलाई असर पुर्याउँछ । यसले ब्याजदर अस्थिरतामा ठूलो वृद्धि गराउनेतर्फ लैजान सक्छ ।

तेस्रो मुद्रास्फीति लक्ष्यको सीमितता विशेष गरी आपूर्ति पक्षको व्यापक अनिश्चितताको समयमा प्रमाणको रूपमा देखा परेका छन् । मौद्रिक नीति–निर्माताहरूलाई कतै आपूर्ति ‘सक’ संक्रमणकालीन हो वा विद्यमान हो भन्ने निश्चित गर्नाले पनि कुनै लाभ छैन । न्यून मुद्रास्फीति वातावरणमा नीति–निर्माताहरूले ‘सप्लाई सक’ आफसेआफ समाधान हुन्छ भनेर कुर्न सक्नेछन् । तर, मुद्रास्फीति लक्ष्यभन्दा माथि गइसकेको विश्वमा र जोडिएर आएका ‘सकहरू’को जोखिम उच्च छ । नीति–निर्माताहरूका लागि विलासिताको समय छैन ।

विद्यमान आपूर्ति ‘सकहरू’ को समस्या समाधानमा अघिल्ला अनुभवहरूलाई धन्यवाद दिनुपर्छ । ब्राजिलियन नीति–निर्माताहरूमा आजको आपूर्ति श्रृंखला अवरोधले विकसित अर्थतन्त्रहरूका केन्द्रीय बैंकको तुलनामा बढी खतरा उत्पन्न गरेको राम्रो ज्ञान छ । दोस्रो चरणका असरहरू रोक्न केन्द्रीय बैंकले ब्याजदर चाँडै र तीव्र रूपमा बढाएका छन् । यो रणनीति नयाँ सरकारले मुद्रास्फीति लक्ष्य परिवर्तन गर्ने प्रस्ताव गर्दासम्म प्रभावकारी प्रमाणित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्