श्रेष्ठलाई डिनको जिम्मेवारी «

श्रेष्ठलाई डिनको जिम्मेवारी

अनररी कन्सुल कर्पस्को डिनको कार्यभार मंगलबारबाट नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले १ वर्ष अवधिका लागि सम्हाल्ने भएका छन् ।
श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतका रूपमा विगत १६ वर्षदेखि जिम्मेवारी वहन गरिरहेका छन् । विगतमा उनी कन्फिडरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कर्मस एन्ड इन्डष्ट्री (क्यासी) को उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा रही महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका तथा नेपालको एक प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या ग्रुपको प्रबन्ध निर्देशकका रूपमा सफल व्यवसायी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान बनाई सकेका छन् । उनी जस्तो अनुभवी व्यक्तिले डिनको जिम्मेवारी सम्हाल्नु भएपछि यस संस्थामा उनको अनुभवको भरपुर उपयोग भई संस्थाको प्रगतिमा तथा सबै मित्रराष्ट्रहरुबीचको सुमधुर सम्बन्ध र आपसी भाइचारा अभिवृद्धिमा एउटा कोसेढुंगा सावित हुने विश्वास अनररी कन्सुल कर्पस्ले लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्