बुबा केयर र नेपाल ल्याब हाउसबीच सम्झौता

बुबा केयर प्रालिले आफ्ना सदस्यहरुको गुणस्तरीय स्वास्थ्य चेकअप गर्न नेपाल ल्याव हाउससँग सम्झौता गरेको छ ।
बुबा केयर प्रालिले विसं २०८० का सुरुवातसँगै आफ्नो सेवा शुरुवात गरेको हो भने नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरिय प्याथलोजिकल जाँच सेवा दिँदै आएको छ । आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी विविध प्रकारका सेवा प्रदान गर्दै आएको ल्याब हाउसले जनाएको छ ।
सहमति अनुसार बुबा केयरका सदस्यहरुको प्याथलोजिकल चेकअप नेपाल ल्यावमा विशेष सहलियतमा जाँच गरिनेछ । कार्यक्रममा बुबा केयरका तर्फबाट अध्यक्ष डा.अनाम प्याकुरले तथा नेपाल ल्यावका तर्फबाट डा.विदुर ओस्थीले हस्ताक्षर गरेका छन् ।