सांग्रिला डेभलपमेण्ट बैंकले साइकल र्याली गर्ने

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर आगामी जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ ।
बैंकले गतवर्ष पनि वातावरण दिवसका दिन पहिलो बृहत् साइकल र्याली सफलता पूर्वक सम्पन्न गरेको थियो । ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकको उत्साहजनक सहभागिता रहने अपेक्षा लिएको बैंकले जनाएको छ ।
साइकल र्याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट सुरु भई लगभग १० कि.मी.को यात्रापश्चात् सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल र्यालीबाट बैंकले वातावरण प्रवद्र्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्याउनका लागि समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरूप बिरुवा प्रदान गरिनेछ । यसै गरी, र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।