मोबाइल बैंकिङ कारोबार गर्दा सचेत हुन माछापुच्छ्रे बैंकको आग्रह «

मोबाइल बैंकिङ कारोबार गर्दा सचेत हुन माछापुच्छ्रे बैंकको आग्रह

माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाको प्रयोग गर्दा सावधानी अपनाउन ग्राहकहरूलाई आग्रह गरेको छ ।

सो बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैंकले सो सम्बन्धमा छानबिन गरेको स्पष्ट पारेको
“ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ” बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याइ उक्त कारोबार हुन नसक्ने देखिन्छ ।”

यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको बैंकले जनाएको छ । ग्राहकको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । साथै, माछापुच्छ्रे बैंक सरल र सुरक्षित तरिकाले ग्राहकलाई सेवा प्रदान गर्न कटिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्