महिन्द्राका एक्सयूभी सुनसरीको इटहरीमा

अग्नि ग्रुपले हालै नेपालको कोशी प्रदेशको इटहरी उप–महानगर महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी-एक्सयूभी ७०० सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।
काठमाडौंमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा पहिलो आधिकारिक शोरूम बनेको छ । एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त रहेको विज्ञप्तिमा भनिएको छ ।
महिन्द्राले आफ्नो पहिचानयुक्त (फ्ल्यागशिप) एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्नेछ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रहेको बताइएको छ ।
नेपालमा भित्रिएका नयाँ ट्विन पिक्स ब्राण्डेड सबै श्रृंखलाका सवारी साधनसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरेका हुन् ।