कामीरिता २८औं पटक सगरमाथाको चुचुरोमा

आरोही कामीरिता शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत बुधबार (जेठ ३ गते) २७औं पटक सगरमाथा आरोहणको विश्व कीर्तिमानको रेकर्ड बनाएका शेर्पाको कीर्तिमान सोमबार पासाङ दावा शेर्पा २७औं पटक सगरमाथा चुचुरोमा पुगेर बराबर बनाएका थिए ।
पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ । कामीरिताको २७ औं पटकको कीर्तिमानीलाई पासाङ दावाले तोडेसँगै सोमबार २८औं पटकको लागि सगरमाथा सातामा दोश्रो पटक उक्लिएका थिए ।
कामीरिताले मंगलबार बिहान ९ः२३ मिनेटमा २८औं पटक सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सेभेन समिट ट्रेक्सले सामाजिम सञ्जालमार्फत जनाएको छ । शेर्पाले यसअघि २०७९ वैशाख २४ गते आरोहण गरेरको आफ्नै २६औं रेकर्ड तोडेर २७औं पटक सगरमाथाको आरोहण गरेका थिए । शेर्पाले २०७८ वैशाख २४ गते २५औं पटक सफल आरोहण गरेर सबै भन्दा बढि सगरमाथा आरोहणको उनको विश्व कीर्तिमानको रेकर्डलाई आफैं तोडेका थिए ।
उनको २६औं पटकको सगरमाथा आरोहणको रेकडलाई जारी वसन्तयामको वैशाख ३१ (आइतबार) गते पहिलो सफल आरोहणमा सोलुखुम्बुका खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६औं पटक सगरमाथाको आरोहण गरेर कामीरिताको कीर्तिमानमा बराबार गरेका थिए । ५३ वर्षिया कामीरिताले सन् १९९४ देखि २०२३ सम्म २७ पटक सगरमाथा, के–२ र ल्होत्सेले एक–एक पटक, मनास्लुले तीन पटक र चो ओयु आठ पटक आरोहण पूरा गरेका छन् ।
वैशाख ३० गते जारी सिजनमा आरोहणका लागि शेर्पासहित १० जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) बाटो बनाउँदै यस वर्षको पहिलो आरोहण पूरा गरेको थियो । रोल्वालिङ दोलखा निवासी दावा ग्याल्जे शेर्पाको नेतृत्वमा गएको ९ सदस्य शेर्पा टोलीले रोप फिक्सिङ गरेको थियो । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
सन् २०२० मै शेर्पाले २५औं पटकको आरोहणको तयारी गरेपनि कोरोना संक्रमणलाई ध्यानमा राख्दै सरकारले गरेको बन्दाबन्दीका कारण सबै हिमाल आरोहण रोकिएपछि उनले सन् २०२१ मा आफ्नो कीतिमानी पूरा गरेका थिए । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । सन् २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीन पटकसम्म सगरमाथाको शिखर टेकेका थिए ।
सोलुखुम्बुको थामेका स्थानीय शेर्पा जनवरी २, १९७० मा जन्मिएका थिए । सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिताले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् । उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन् । उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफ सदस्यको रूपमा सुरु भएको थियो ।