Logo

एसएमई नियमावली अर्थमा

नेपाल धितोपत्र बोर्डले स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्मको नियमावली स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएको छ । बोर्डले “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८०” स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएको हो ।

नियमावलीको अन्तिम मस्यौदा गत जेठ ४ मा बसेको सञ्चालक समितिको बोर्ड बैठकले स्वीकृत गरेको हो । सञ्चालक समितिबाट स्वीकृत नियमावली आइतबार अर्थ मन्त्रालय पठाइएको हो । अर्थले उक्त नियमावली नेपाल सरकारको मन्त्री परिषद बैठकमा पेश गर्ने छ । मन्त्रीपरिषद्ले स्वीकृत गरे लगत्तै एसएमईको लागि बाटो खुला हुने बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्