टीभीएसको नयाँ स्किम «

टीभीएसको नयाँ स्किम

नेपालमा टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ नामक योजनाको घोषणा गरेको छ । यस योजनाअन्तर्गत, ग्राहकले कुनै पनि टीभीएस स्कुटर बिगो, स्कुटी ज्येष्ठ, ड्याज र जुपिटरको खरिदमा तत्काल उपहार स्वरूप ५ हजार क्यास छुट जित्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले हरेक साता लक्की ड्रमा भाग लिई बम्पर उपहारमा हिराको औंठी जित्ने मौका पाउन सक्नेछन् ।
तर, ग्राहकले टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने ५ हजार छुट पाहुने छैनन् । उनीहरूलाई हरेक साता हुने लक्की ड्रमा भने सहभागि गराइने छ । त्यसैले जुपिटर क्लासिकका ग्राहकले लक्की ड्रमा सहभागि भै हिराको औंठी जित्ने मौका भने पाउने छन् । यो योजना फेब्रुअरी ५ बाट सुरु भइसकेको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्