टाटा मोटर्सको साना तथा मझौला गाडी «

टाटा मोटर्सको साना तथा मझौला गाडी

टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरू (एलपीटी ८१०, एलपीटी १०१०, एलपीटी ९१२, एलपिके ९१२, एलपीटी ११०९, एलपिके १२१२ र एलपीटी १४१२) को व्यावसायिक बिक्री सुरु गरेको घोषणा गरेको छ । यी सबै मोडेलका गाडीहरू विशिष्ट कमन रेल डिजेल इन्जेक्सन (सीडीआरआई) इन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाइन र थप विश्वसनीय विशेषताहरूको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाइम र चलाउनमा बढी आराम छन् । १७ लाख ५० हजार रुपैयाँबाट सुरुवाती मूल्य भएका यी मोडेलका गाडीहरू लाइट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देशभरि नयाँ ३ क्युमीदेखि ६.५ क्युमी क्षमता भएका ट्रिपरहरूको बिक्री सुरुवात गर्ने योजना छ ।
टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप मैत्रले नेपालमा कमर्सियल गाडीहरूको नं. १ ब्रान्ड भएको हैसियतले ग्राहकहरूलाई सधैं विश्वस्तरीय प्रोडक्ट तथा सेवाहरू दिने प्रयास जारी रहने बताए । मझौला तथा साना ट्रकहरू बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरूमा उपयोग हुने किसिममा विभिन्न लोडहरू धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरू छन् । त्यस्तै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको आबद्धता १९८२ देखि भएको र त्यही बेलादेखि नै टाटा मोटर्सले नेपाली बजारमा आफ्नो स्थानविस्तारै अगाडि बढाइरहेको बताए । सिप्रदीले यी प्रोडक्टहरूलाई उच्च गुणस्तर तथा बिक्रीपश्चात्को सेवाहरू उपलब्ध गराई ग्राहकहरूको लगानीको प्रतिफल सुनिश्चित हुने गरी बिक्री वितरण गर्दै आइरहेको उल्लेख गरे ।”
नयाँ अभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरू गियर बक्स सिस्टम (जीबीएस) ५५० कासाथ जडित छन् भने एलपिटि १४१२ मा जीबीएस ४० जडित छ । जीबीएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ । नयाँ रेन्जका गाडीहरूमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरू र ताजाभित्री सजावटहरूका साथै नयाँ तथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङले गर्दा यो रेन्जका गाडीहरूमा सर्वश्रेष्ठ रूपमा गाडीहरूलाई हिमाल, पहाड, तराई जता पनि चलाउन र मोड्न सजिलो छन् ।

 

प्रतिक्रिया दिनुहोस्