अर्जेन्टिनालाई ब्रिक्सले जोगाउला ? «

अर्जेन्टिनालाई ब्रिक्सले जोगाउला ?

चीनसँगको व्यापारमा अर्जेन्टिनाले हालै मात्र अमेरिकी डलरको सट्टा युआन स्वीकार गर्ने घोषणा गरेको छ । डलरको प्रयोगलाई निरुत्साहित गर्ने विश्वव्यापी प्रयासको यो पछिल्लो विकास हो ।

अर्जेन्टिनाले हालसालै ब्रिक्समा प्रवेश गर्ने औपचारिक रूपमै जोडबल गरेपछिको समयमा चीन–अर्जेन्टिनाको व्यापारमा अर्जेन्टिनाले युआनको प्रयोग गर्ने बताएको हो । उसको यो प्रयासमा ब्राजिल र भारतको पनि समर्थन रहेको अर्जेन्टिनाले बताएको छ । रुस र चीनले पनि विगतमा सम्भावित समर्थनको संकेत दिइसकेका थिए । अर्जेन्टिना दक्षिण अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो ।

यसले ब्रिक्समा सम्भावित महत्वपूर्ण योगदान गर्न सक्ने सोचिएको छ । तर, यो मुलुक हाल चरम आर्थिक संकटबाट गुज्रिरहेको पनि छ । यो मुलुक प्रत्येक साताजसो उच्च हुँदै गएको मुद्रास्फीतिबाट भाग्ने प्रयाससमेत गरिरहेको छ । के बहुध्रुवीय वित्तीय प्रणालीले संघर्षरत अवस्थाबाट गुज्रेको अर्जेन्टिनालाई सघाउन सक्ला ? के यो मुलुक डलरको प्रयोगबाट टाढिन र ब्रिक्सको सदस्यता नलिई बस्न सक्ला ? जसले मुलुकको सम्भावित प्रकोपबाट जोगाउन सकोस् । हो, अर्जेन्टिनाले अर्थतन्त्रको उतारचढावलाई रोक्यो र विदेश नीतिको निर्णयमा यकिन काम गर्न सक्यो भने उसलाई ब्रिक्सले सहयोग गर्न सक्छ ।

अर्जेन्टिनाको आर्थिक अस्थिरता चिन्ताजनक अवस्थामा पुगिसकेको छ । उसको यो अवस्था अन्तर्राष्ट्रिय मुद्राकोषप्रति रहेको ऋण दासताका कारण सिर्जना भएको हो । डलरको अभाव र कहिले नदेखिएको खडेरीले महत्वपूर्ण मानिएको कृषि निर्यात नराम्ररी बिग्रिएको छ । अमेरिकी डलरसँग अर्जेन्टिनी पेशोको आधिकारिक विनियम दर २ सय २२ पेशो पुगेको छ । ‘डलर ब्ल्यू’ अर्थात् कालो बजारीमा गैरआधिकारिक विनियम दर १ अमेरिकी डलरको ५ सय पेशोसम्म पुगेको छ । २०१४ मा कम्युनिस्ट राष्ट्रपति क्रिस्टिना किचनरको मातहतमा आधिकारिक विनिमय दर १ डलरको ८ पेशो थियो र कालो बजारमा १२–१४ पेशो थियो ।

वार्षिक मुद्रास्फीति १ सय ४ प्रतिशत थियो र अर्जेन्टिनीहरूले यससँग जुझ्नका लागि आफ्नो बचत अमेरिकी डलर र क्रिप्टोकरेन्सीमा पनि गरेका थिए । केही वर्षअगाडिको तुलनामा क्रिप्टोको बजार उकालो लागेको छैन । हल्लाका बीच फेडको ब्याजदर बढेकाले अर्जेन्टिनामा डलर पाउनै मुस्किल भयो । योभन्दा पनि महत्वपूर्ण कुरा के छ भने आइएमएफसँग डलरमा लिएको विशाल ऋण थुप्रिँदै गएको छ ।

अर्जेन्टिनाका अर्थशास्त्री गिसेला सेर्नाडासले डोङसेङ न्युजसँग मिलेर चीनसँग सहकार्य गरिरहेको बताएकी छन् । उनले डलरमाथिको निर्भरताले जोखिमपूर्ण अवस्था सिर्जना भएको बताएकी छन् । अर्जेन्टिना हाल विस्तारित समयमा संरचनागत रूपको असन्तुलित चालू खाताको अवस्थाबाट प्रताडित भइरहेको उनले बताइन् । यसको अर्थ देश चलायमान भइरहन थप अमेरिकी डलरको आवश्यकता पर्छ ।

यो उत्पादनशील गतिविधि सञ्चालन गर्न अर्जेन्टिनाका लागि तात्कालिक इनपुटको आवश्यकता पर्छ र त्यो पनि आयात गर्नुपर्छ । यस किसिमका सामग्रीहरूमा मेसिनरी र उपकरण रहेका छन् र त्यो पनि डलरमै आयात गर्नुपर्ने धारणा उनको छ ।
त्यसैले अर्जेन्टिनाले जति धेरै उत्पादन गर्न चाहन्छ, त्यति नै अमेरिकी डलरको आवश्यकता पर्छ । हाल यो संरचनागत असन्तुलित चालू खाताले मुद्रा विनिमयको बजारमा दबाब थपेको छ ।

आउँदा दिन राम्रो होला ?
यो परिप्रेक्ष्यमा चीनसँग गैरडलरमा कारोबार गर्ने कदम स्पष्ट रूपमा पनि सकारात्मक कदम हो । उसको यो कदमले केन्द्रीय बैंकहरूको विदेशी मुद्राको सञ्चितिलाई सुरक्षा दिन सहयोग गर्छ ।

चीनबाट गरिने आयातमा डलरको सट्टा युआनको भुक्तानीले चालू खाता घाटामा रहेको दबाब मत्थर पार्न सहयोग गर्नेछ । यसले उत्पादन गर्न थप विदेशी मुद्राको आवश्यकताको संरचनागत समस्यालाई समाधान गर्ने र आफ्नो उत्पादकत्व गतिविधिलाई सञ्चालन गर्ने त पक्कै पनि होइन, तर यसले उनीहरूको मागको केही अंशलाई भने पक्कै पनि सम्बोधन गर्छ ।

अर्जेन्टिना र चीनको व्यापार ७.४ अर्ब डलर घाटामा रहेकोमा २०२१ मा २० अर्ब डलर पुगेको थियो र सम्झौताले चिढ्याउने अवस्थाको अन्त्य र अमेरिकी डलरको अभावलाई कम गर्न निश्चित रूपमा पनि सहयोग गर्नेछ ।

ब्रिक्स
चीनसँगको व्यापारमा युआनतर्फ सर्नुपहिले नै वास्तविकता भइसकेको छ । अर्जेन्टिनाका अर्थ र श्रममन्त्री सर्जियो मासाले १ अर्ब अमेरिकी डलरभन्दा माथिको व्यापारलाई युआनमा सार्न सकिने बताएका छन् । यो कदमलाई अगाडि बढाउँदा हुने लाभ र अर्थतन्त्रलाई ब्रिक्सका मुलुकमा आबद्ध गराइने विषय रोकिनेछैन । अमेरिकी थिचोमिचो रहेको वित्तीय संस्था जस्तै आइएमएफको कमजोरीले मर्कामा परेका मुलुकहरू पनि रोकिनेछैनन् । यो कसरी सम्भव छ ?

चीनसँगको सहमतिले सरकार बहुधु्रवीय वित्तीय प्रणालीप्रति आबद्ध भएको देखाउँछ । यद्यपि, देशभित्रको राजनीतिक अस्थिरताले यो प्रक्रिया अत्यन्त कठिन भएको देखाउँछ । त्यो पनि ब्रिक्सको सदस्यताका लागि ।

रुसले युक्रेनमा सैन्य आक्रमण गर्नु केही अगाडि मात्रै राष्ट्रपति अल्बर्टो फर्नान्डेजले रुस र चीनको भ्रमण गरेका थिए । उनले अर्जेन्टिना पनि रुस र चीनले महत्वपूर्ण भूमिका खेल्ने बहुधु्रवीय विश्वको अंश बन्न चाहेको बताएका थिए । त्यसयता उनी ब्राजिल, भेनेजुएला, क्यूवा, निकारागुवा र बोलिभियाका सरकारहरूको तुलनामा रुससँगको सम्बन्धमा द्विविधामा परेका थिए । यी सबै मुलुकका सरकारका प्रतिनिधिहरूले रुसका विदेश मन्त्री सर्गेई लाभरोभसँग केही साताअगाडि ल्याटिन अमेरिकामा भेटेका थिए ।

योभन्दा पनि अर्जेन्टिनाम अक्टोबरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ, जसले देशको राजनीतिक धरातललाई नै नाटकीय रूपमा परिवर्तन गर्नेछ । राष्ट्रपति फर्नान्डेजले उपनिर्वाचनमा नउठ्ने बताइसकेका छन् । देशको खस्केको आर्थिक अवस्थाले उनी र उनको गठबन्धनले विजय हासिल गर्ने सम्भावना कम छ ।

क्रिस्चनरको सरकारी पक्षले बहुध्रुवीयताको प्रतिबद्धतालाई गहन बनाएको छ । उनीहरूको साम्राज्यवादविरुद्धको विचार र आइएमएफप्रतिको विरोध उनीहरूले गरिरहेका छन् । यदि ‘राइट’पक्षले जित हासिल गरेमा उनी वासिङ्टनको पक्षमा जाने र ब्रिक्सको सदस्यतातर्फ नजाने देखिन्छ ।

राष्ट्रपतिको निर्वाचनबाट आउने प्रतिनिधिका आधारमा ब्रिक्स मुलुकहरूले यो ब्लकमा अर्जेन्टिनाको सदस्यताका बारेमा छलफल गरेर मूल्यांकन गर्नेछन् । देशको हालको राजनीतिक र आर्थिक अस्थिरता अमेरिकी नवसाम्राज्यवादको अन्तर्राष्ट्रिय वित्तीय वर्चस्वको नतिजा हो । तर, अर्जेन्टिना पनि यसको अंश हुन सक्छ वा सक्दैन भन्ने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्