गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय «

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय

गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमाविष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको जेठ २को बैठकले आगामी ४ वर्षका लागि उपाध्यायलाई नियुक्त गरेको हो ।

सिराहा नगरपालिका १ स्थायी घर भएका उपाध्यायलेनेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँर्दै प्रमुख कार्यकारी अधिकृतसम्म २१ वर्ष काम गरेका थिए । यस्तै उनले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेकाछन् ।

व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्म अध्ययन गरेकाउपाध्यायको नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तले प्रगति गर्ने अपेक्षा गरिएको छ । यो लघुवित्तको धनकुटामा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका १ पुष्पलालचौक विराटनगरमा कर्पोरेट कार्यालय छ ।

यो वित्तीय संस्थाले कोशी प्रदेशका १२ जिल्लामा ३३ शाखा कार्यालयमार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्