एभरेस्ट बैंकद्वारा सिरहाका बाढीपीडितलाई राहत

एभरेस्ट बैंकले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढीपीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री वितरण भएको छ । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेस्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आइरहेको भन्दै बैकले सदैव सामाजिक जिम्मेवारीमा सक्रिय छ र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरूलाई लाभ हुने विभिन्न कार्यक्रमहरू आयोजन गर्दै आइरहेको पनि जनाएको छ ।
बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको तथा चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरिक्षक सोम गुरुङलगायतको सहभागिता रहेका बैंकले जनाएको छ । ।