उड्ने तयारी गर्दा बिग्रिएपछि २ दिन देखि जहाज रुकुम एयरपोर्टमा «

उड्ने तयारी गर्दा बिग्रिएपछि २ दिन देखि जहाज रुकुम एयरपोर्टमा

रुकुम –नेपाल बायुसेवा निगमको जहाज एक्कासी बिग्रीएपछि २ दिन देखि रुकुम पश्चिमको सल्ले बिमानस्थलमा रहेको छ । बुधबार दिउसो काठमाण्ठौबाट रुकुम सिधा उडान भरेको उक्त जहाज नेपालगञ्जका लागि उडान भर्ने तयारी भैरहेको बेला बिग्रीएर थन्किएको हो ।
नेपाल बायु सेवा कार्यालय सल्ले रुकुमका निमित्त प्रमुख रमेश पोखरेलका अनुसार जहाजमा के समस्या भएको हो भन्ने अहिलेसम्म केहि थाहा नभएकोले प्राबिधिक टोलि बोलाईएको छ । ‘नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाज बिग्रिएको हो, प्राबिधिक समस्या के भएको हो भन्ने केहि थाहा छैन’ उनले भने, ‘भोलि काठमाण्डौबाट ईन्जिनियरको टोलि आउने भएका कारण त्यसपछि मात्र थाहा हुन्छ ।’
जहाज बिग्रीएपछि नेपालगञ्ज जान टिकट काटेर तयार भएका यात्रुहरु फिर्ता भएका थिए । रुकुम सल्ले बिमानस्थलमा नेपाल बायु सेवाको मात्र उडान हुदै आएको छ । रुकुमका लागि काठमाण्डौ र नेपागञ्जबाट हप्तामा दुई-दुई पटक उडान हुने गरेको छ । पश्चिम नेपालमा उडान भर्दै आएको यस जहाज बिग्रिएपछि हवाई सेवा ठप्प भएको छ ।

मेगराज खड्का 

 

 

प्रतिक्रिया दिनुहोस्