रेनोको वाउ अफर ८.९९ प्रतिशत ब्याजमा नै कार

रेनोका लागि नेपालको आधिकारिक बितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ ।
यो योजना बुधबारबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोका कारहरू सर्वसुलभ ब्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत ब्याजदरमा फाइनान्स गर्ने व्यवस्था मिलाएको छ । यस योजनामा ब्याजदरको अलावा २ वर्षसम्म फ्री सर्भिसिङ, एक वर्षको सडक कर, सहज फाइनान्सिङ र आकर्षक नगद छुटको व्यवस्था छ । साथै कम्पनीले गाडीमा ५ वर्षको वारेन्टीसमेत दिएको छ ।
हाल नेपालमा रोनेका ५ मोडलका कारहरू बिक्री वित्तरण हुँदै आइरहेका छन् । जस्मा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर छन् ।