मोदी इनर्जीको आईपीओ बाँडफाँट «

मोदी इनर्जीको आईपीओ बाँडफाँट

मोदी इनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

उक्त आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो भने ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको थियो ।

बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्