Logo

बेष्ट फाइनान्सको २६औं वार्षिक साधारण सभा

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका थिए । सभाले आ.व.२०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

आ.व.२०७९/०८० का लागि वाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । साधारण सभामा शेयरधनी महानुभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सभामा उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए ।

सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले स्वागत मन्तव्य तथा मुख्य लगानी कर्ता एनआरएनका उपाध्यक्ष रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) ले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव राज सुन्दर श्रेष्ठले गरेका थिए ।

हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ सेवा सञ्चालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको छ । वित्तीय संस्थाको आफ्नो ग्राहकवर्गलाई डिजिटल बेकिङ, सिआस्वा सेवा, अनलाई मार्फत खाता खोल्ने सुविधा लगायत अन्य थप बैकिङ विस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्