जर्मनी ‘चाइना सक’बाट उम्केला ? «

जर्मनी ‘चाइना सक’बाट उम्केला ?

चिनियाँ कार निर्मातालाई विश्वको सर्वोच्चतातर्फ लगेको विद्युतीय सवारीले हाल जर्मनीको अटोमोबाइल क्षेत्रलाई भने मिति गुज्रेको जस्तो अवस्थामा पुर्याउने त्रास बढेको छ । नीति निर्माताहरूले छिट्टै कदम नचालेमा जर्मनीले चाँडै नै पीडादायी गैर औद्योगीकरणको अवस्थामा पुर्याउन सक्छ, जुन अमेरिकाले २००० को दशकको सुरुमा भोगेको थियो ।

जर्मन र अमेरिकी अटोमोबाइल क्षेत्रका कार्यकारीहरूले यो वर्ष सांघाई मोटर प्रदर्शनीमा सहभागिता जनाउँदै छन् । यसलाई उनीहरूले तीन वर्षको महामारीको समयमा देखिएको अनुपस्थितिपछिको विजयका रूपमा हेर्ने देखिन्छ । तर, यसको विपरीत पश्चिमा उत्पादकहरू कठोर अवस्थाबाट गुज्रन थालेका छन् । दर्जनौं चीन निर्मित विद्युतीय सवारीहरूले आफ्नो बजार हिस्सा लिँदै छन् ।

विगतका केही वर्षमा विद्युतीय सवारी (ईभी) को उदयले चिनियाँ अटो उद्योगलाई विश्वव्यापी सर्वोच्चतातर्फ उकालेको छ । चीनको अटो निर्यातले २०२२ मा जर्मनीको निर्यातलाई उछिनेको थियो । चिनियाँ अटो निर्यातमा ५४ प्रतिशतको वृद्धिपछि अटो निर्यातमा जर्मनीलाई चीनले उछिनेको हो । यसै वर्ष कार निर्यातको मामिलामा विश्वकै ठूलो अटो निर्यातमा चीनले जापानलाई समेत उछिन्ने प्रक्षेपण गरिएको छ ।

यो रूपान्तरणको प्रमाणका रूपमा सांघाईलाई लिन सकिन्छ, जहाँ चिनियाँ उपभोक्ताहरूले आफ्नै देशका उत्पादन बीवाईडी र निओलाई मन पराएर बीएमडब्लू, फक्सवागन र मर्सिडिजको प्रस्तावलाई बेवास्ता गरेका थिए । उत्कृष्ट प्रविधिको ब्याट्री र सेन्सरका कारण नयाँ चिनियाँ कारहरूको तुलनामा जर्मनी निर्मित ईभी लगभग पुरानो पुस्ताको जस्तै भइसकेका छन् । दशकौंसम्म जर्मन इन्जिनियरहरूले आन्तरिक कम्बुसन (भित्र आगो बल्ने) इन्जिन प्रयोग गर्दै आएका थिए । ईभीमा आएको क्रान्तिले पुरानो भइसकेको उनीहरूको प्रविधिलाई चुनौती दिएको थियो ।

जर्मनीको रोजगारीमा अटो क्षेत्रले ४ प्रतिशतको मात्रै योगदान गरेको विषयलाई हेर्ने हो भने यो मुलुकले ‘चाइना सक’ को सामना गर्नुपर्ने अवस्था आउँछ, जुन अमेरिका र अन्य उच्च आम्दानी भएका मुलुकहरूले २००० को दशकमा पाएका थिए । २००१ मा विश्व व्यापार संगठन (डब्लूटीओ) मा चीनको प्रवेशसँगै पश्चिमा म्यानुफ्याक्चररहरूले चिनियाँ फर्महरूबाट चर्को प्रतिस्पर्धाको सामना गरेका थिए । चीनले विश्व बजारमा आफ्नो प्रतिस्पर्धाको सुरुवात सस्तो मूल्यका सामग्री जस्तै— लत्ताकपडा, फर्निचर र तयारी पोसाकबाट गरेको थियो । तर, त्यसपछि परिष्कृत र जटिल उद्योगहरू जस्तै कम्प्युटर र विद्युतीय सामग्रीहरूलाई विश्व बजारमा पुर्याएको थियो ।

२००० र २०१० को बीचमा चिनियाँ निर्मित सामग्रीहरूको कुल अमेरिकी आयातको हिस्सामा २५ प्रतिशत बिन्दुले वृद्धि भएको थियो । यसले ‘रस्ट बेल्ट’ को गैर–औद्योगीकरणमा सहयोग पुर्याएको थियो र अमेरिकाको अर्थतन्त्र र राजनीतिलाई समेत रूपान्तरित गरेको थियो । व्यापार अर्थशास्त्रीहरूको अनुमानविपरित आयात प्रतिस्पर्धी क्षेत्रहरूको संकुचन चीनमा भएको निर्यातले गर्दा बिग्रने अवस्थामा पुगेको थिएन ।

योभन्दा पनि विस्थापित कामदारहरूले सहजै रूपमा रोजगारी पाउन सकेनन् र जसले पाए उनीहरूले पनि आफ्नो पारिश्रमिकमा कमी आएको पाए । म्यानुफ्याक्चरिङ रोजगारीमा आएको गिरावटले विदेशमा सामग्री पठाउने अवस्थामा वृद्धि गरायो र २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको विजय सुनिश्चित गरायो । चिनियाँ आयात गर्न प्रतिस्पर्धा गर्ने क्षेत्रमा पनि आयात कम गर्ने गरी सुधार आयो ।

जर्मनीले पहिले नै आफ्नै खाले ‘चाइना सक’ को महसुस गर्न थालेको संकेत मिलिसकेको छ । गत वर्षसम्म जर्मनी खुद कार निर्यातक मुलुक थियो । तर, हाल अहिलेसम्मकै पहिले चीनमा निर्यात गरेको भन्दा बढी कार यो मुलुकबाट आयात गरेको थियो । जनवरीदेखि २०२२ को अगस्टसम्म जर्मनीले चीनबाट १८ लाख कार आयात गरेको थियो भने १७ लाख कारमात्रै आफ्नो मुलुकबाट चीनतर्फ निर्यात गरेको थियो । यस्तै खाले अवस्था मेसिन टुल्समा पनि स्पष्ट रूपमा देखा परेको छ, जसमा पनि चिनियाँ निर्यातले जर्मनीलाई पछि पारेको थियो ।

अचम्मलाग्दो कुरा के छ भने चीनको तीव्र औद्योगीकरणमा जर्मनीबाट गरिने विशाल आयातले सघाएको थियो । त्यो पनि विशेष गरी कार र मेसिन टुल्सहरू, जुन जर्मन अर्थतन्त्रका लागि महत्वपूर्ण थियो । विगतका तीन दशकसम्म जर्मनीले चिनियाँ कामदारहरूको एक पुस्तालाई चिनियाँ कम्पनीहरूको सहकार्यमा तालिम दिएको थियो । यो प्रविधि हस्तान्तरणलाई चीनले आफ्नो बजारमा पहुँचको पूर्वाकांक्षासहित अधिकार दिएको थियो । तर, हाल आएर चीन आफैंमा एक औद्योगिक शक्तिगृहको रूपमा स्थापित भइसकेको छ । हाल ऊ जर्मनीको सहयोग चाहिने अवस्थाबाट माथि उठिसकेको छ ।

जर्मनीमाथि चीनको दुई महत्वपूर्ण फाइदा रहेका छन् । पहिलो, प्राविधिक अवरोध आएको समयमा विगतको अनुभव असान्दर्भिक देखिन्छ । ईभी बजारमा जर्मनीलाई पछि पार्न चीनलाई कम्बुसन इन्जिन उत्कृष्ट पार्नु आवश्यक छैन । दोस्रो, चीनको आकारले उसको उत्पादन बढाउन, सिकाइको प्रक्रिया साहसिक बनाउन र लागत तत्काल कम गर्न सक्षम बनाएको छ । यसले चीनलाई लिथियम–आयन ब्याट्रीमा विश्वको प्रमुख बनाएको छ र हाल यसले सोडियम ऊर्जा ब्याट्रीको विकास गरिरहेको छ ।

विगतमा कैयौं तत्वले जर्मनीलाई ‘चाइना सक’ बाट जोगिन सहयोग गरेका थिए । सुरुमा जर्मनीले सामान आयात गर्ने सस्तो ज्याला भएका मुलुकहरू टर्की र ग्रिससँग चीनको प्रतिस्पर्धा थियो । यसले जर्मनीमा भन्दा ती मुलुकमा रोजगारी गुम्यो । यस्तै पूर्वकम्युनिस्टहरू मध्य र पूर्वी युरोपमा उत्पादन विस्तारले जर्मन फर्महरूलाई उत्पादकत्व बढाउन र लागत घटाउन सहयोग मिल्यो । वर्षौंसम्म जर्मनीले चीनको आर्थिक बुमबाट फाइदा लियो र उच्च गुणस्तरका जर्मन कार तथा मेसिनरीहरूमा चिनियाँ माग वृद्धि भएकाले यसले जर्मनीलाई फाइदा पुगेको थियो ।

तर, चीनले निरन्तर आफ्नो आर्थिक प्रभाव विस्तार गरेसँगै जर्मनीले अन्य मुलुकहरूले भोगेजस्तै नकारात्मक असर भोग्न लामो समयसम्म पर्नेछैन । युक्रेनको पुनर्निर्माणसँगै जर्मनी अर्थतन्त्रमा बुस्ट आउनेछ । त्यो पनि १९८९ मा ‘आइरन कर्टेन’ खसेपछिको जस्तै हुनेछ । तर, यसका लागि पनि रुस–युक्रेन युद्ध समाप्त हुनु आवश्यक छ र यो तत्कालै हुने देखिन्न ।

जर्मन नीति–निर्माताहरूले अमेरिकी पीडादायी गैरऔद्योगीकरणको प्रक्रिया दोहोरिन नदिन केही कदम चाल्न सक्नेछन् । उनीहरूले चिनियाँ ब्याट्री फर्महरू र एसियाली सेमिकन्डक्टर उत्पादकहरूबाट प्रत्यक्ष वैदेशिक लगानी जर्मनीमा आकर्षित गर्न खोज्नेछन् । जर्मनीले घरेलु कम्पनी र इजरायली कृत्रिम बौद्धिक स्टार्ट–अप कम्पनीसँगको सहकार्यको अवस्था सिर्जना गरेर चीनलाई पछि छोड्न सक्छ । यसले जर्मनीलाई एआई प्रविधिमा रहेको ज्ञानको अन्तर कम गर्न पुलको काम गर्न सहयोग गर्नेछ र जर्मन इन्जिनियरहरूलाई आवश्यक सीप प्राप्त गरेर विश्वव्यापी प्रतिस्पर्धी बनाउन सक्षम बनाउनेछ ।

अन्त्यमा जर्मनीले अमेरिकी सरकारको ‘डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सी’ को युरोपेली भर्सन सिर्जना गर्ने विषयको नेतृत्व लिन सक्छ । औद्योगिक नीतिमा चिनियाँ पहुँचको इन्जिनियरिङ र आविष्कारमा अमेरिकी पहुँचलाई उल्ट्याएर जर्मनीले आफ्नै मुलुकमा र युरोपको सबै भागमा आर्थिक गतिशीलता दिन सक्छ । यसले ‘चाइना सक’ को नकारात्मक नतिजा आउन नदिन सहयोग गर्छ र २१ औं शताब्दीमा आफ्नो अर्थतन्त्रमा आउने चुनौतीका लागि तयारी गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्