ईङवा हाईड्रोपावरको शेयर बाँडफाँड

ईङवा हाईड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड कार्य सम्पन्न गरेको छ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा ईङवा हाईड्रोपावर लिमिटेडको एक सय अङ्कित दरका १२ लाख कित्ता शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाडँफाडँ गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९३ हजार एक सय ६० कित्ता शेयर समेत थप गरी जम्मा १४ लाख ९३ हजार एक ६० कित्ता शेयर मध्येको एक लाख २० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी शेयर बाडँफाडँ गरिएको, २९ हजार आठ सय ६३ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरिएको तथा ७४ हजार छ सय ५८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको समेत गरी बाँकी एक सय रुपैयाँ अंकित दरका १२ लाख ६८ हजार छ सय ३९ कित्ता साधारण शेयरहरुको बुधबार बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यही वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयर बुधबार बाँडफाँड गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयरका लागि ११ लाख ९९ हजार नौं सय ६७ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाट एक लाख २६ हजार आठ सय ६३ जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्युनतम १० कित्ताका दरले १२ लाख ६८ हजार छ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीको भनाई छ ।
कम्पनीले एक सय रुपैंयाँ अंकित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त छ लाख कित्ता साधारण शेयर निष्काशन गरी रितपूर्वक प्राप्त तीन लाख छ हजार आठ सय ४० कित्ता शेयर, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरीएको एक लाख २० हजार कित्ता शेयर, कर्मचारीहरुलाई सुरक्षित गरिएको २९ हजार आठ सय ६३ कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्टाईएका ७४ हजार छ सय ५८ कित्ता शेयर यस अघिनै बाँडफाँड गरिसकिएको जनाएको छ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको स्वामित्व भएको सहायक कम्पनी हो । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।