Logo

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली शरणार्थी मामिलामा पक्राउ परेका परेका छन् । खाँणलाई बुधबार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

पूर्वगृहमन्त्री खाँणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तले पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएपछि खाँणलाई पक्राउ गरिएको हो । हाल प्रहरीले अडियोमाथि अनुसन्धान गरिरहेको छ ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्