अजोड इन्स्योरेन्सको साधारणसभा «

अजोड इन्स्योरेन्सको साधारणसभा

नेपाली बिमा बजारमा निर्जीवन बिमाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यका साथ १९ औं निर्जीवन बिमा कम्पनीको रूपमा स्थापना भएको अजोड इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको जनाएको छ ।
कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै कम्पनीको प्रधान कार्यालयलगायत प्रादेशिक तथा शाखा कार्यालयहरूसहित कुल ३० कार्यालय, एक ग्राहक सेवा केन्द्र र १७ बटा तेस्रो पक्ष बिमा काउन्टरमार्फत कम्पनीको कार्यक्षेत्रलाई सातै प्रदेशमा विस्तार गरी बिमा सेवा प्रदान गर्न सक्षम भएको दाबी गर्दै कम्पनीले ०७६ साल वैशाख १ गतेदेखि नै लागू हुने गरी आफ्ना ग्राहकहरूलाई ३ सय ६५ दिन नै बिमा सेवासमेत प्रदान गर्दै आएको पनि जनाएको छ ।
कुनै पनि बिमा कम्पनीका लागि मेरुदण्डका रूपमा रहेको दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउने उद्देश्यले यस कम्पनीले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी २ लाख रुपैयाँसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्थासमेत गरेको पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्