सिभिल बैंकलाई आईएसओ

समृद्धिका लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढी रहेको सिभिल बैंक आईएसओ ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको जनाएको छ । सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमकाबीच आईएसओ ९००१ः२०१५ को प्रमाणपत्रको आधिकारिक संस्थाका नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गरे ।
आईएसओ ९००१ः२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रूपमा अन्तर्रास्ट्रिय स्तरको सेवा तथा सुविधाहरू प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरूद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरूको पालना गरिएको प्रमाणीकरण भएको बैंकले जनाएको छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आईएसओ ९००१ः२०१५ प्रमाणीकरणसँगै आगामी दिनहरूमा ग्राहकमैत्री सेवा तथा सुविधाहरू ग्राहकहरूकै चाहना अनुरूप आधुनिक डिजिटल बैंकिङको प्रोडक्टहरू ल्याउने बताए । सिभिल बैंकका अध्यक्ष ई.इच्छाराज तामाङले सिभिल बैंकको सेवा तथा सुविधाहरू ग्राहकहरू केन्द्रित छन् र नियमनकारी निकायहरूको सबै नियमहरूको पालना गरी अगाडि बढिरहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरूमा ग्राहकहरू कै सेवामा केन्द्रित भएर अगाडि बढ्ने कुरा बताए ।