Logo

काठमाडौंको फोहोर विर्सजन रोक्ने चेतावनी

काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा स्थानीय तहले फोहोर विर्सजन गर्ने केन्द्रमा प्रभावित पालिकाहरले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । प्रभावित क्षेत्रका धुनीबेसी नगरपालिका, ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका पालिका प्रमुखहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै कार्ययोजनसहित नआए फोहोर विर्सजन गर्न रोक लगाउने चेतावनी दिएका छन् ।

विगत १८ वर्षदेखि सिसडोलबाट अव्यवस्थित रुपमा फोहोर विर्सजन गर्दै आएमा व्यवस्थित रुपमा फोहोर बिर्सजन गर्ने भन्दै वैशाखबाट कुडुल्ले बन्चरेडाँडामा फोहोर विर्सजन शुरु गरेपनि नतिजामुखी काम नगरेको भन्दै वैशाख ५ गते ककनी गाउँपालिका र धुनीबेसी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी १५ दिनमा माग पूरा गर्न भनिएको थियो ।

काठमाडौं महानगरपालिकाले आफूहरुका मागप्रति बेवास्ता गरेकाले फोहोर विर्सजनमा गर्न रोक लागउने तयारी गरेको धुनीवेसी नगरपालिका प्रमुख बालकृष्ण आर्चायले बताए । शहरी विकास मनत्रालयका साथै महानगरपालिकासँगको सहमतिमा धादिङ र नुवाकोटको सिमानामा पर्ने सिसडोल हुँदै कुडुले बञ्चरेडाँडामा विगत १८ वर्षदेखि काठमाडौं महानगरसहित १८ पालिकाले फोहोर बिर्सजन गर्ने गरिँदै आएको छ ।

फोहोर व्यवस्थापनका लागि संकलन, प्रशोधन र व्यवस्थित विर्सजन गरिनु पर्नेमा फोहोरको लिचड अव्यवस्थित रुपमा खोलामा मिसाउनाले दुर्गन्धित हुनुका साथै मानिसहरु बसोवासका लागि समेत अयोग्य बनेको उनीहरुको भनाइ छ । अव्यवस्थित रुपमा फालिएको फोहोरले वातावरण दुगन्धित हुँदा कृषि बालीसमेत प्रभावित भएको स्थानीयको गुनासो छ ।

चील गिद्दलगायतका पंक्षीहरुले फोहोर ओसारपसार गर्दा स्थानीय प्रभावित भएका छन् । वैज्ञानिक ढंगबाट फोहोर मैलाको व्यवस्थापन हुनु पर्ने, प्रभावित नागरिकहरुको उचित व्यवस्थापन गर्नु पर्ने, आवश्यकता अनुसार मानव बस्तीको समेत व्यवस्थापन गर्नुपर्ने र यसअघिका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्