प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ देखि «

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ देखि

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ । तीन वटै कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति दिएका हुन् । तीनै कम्पनीले वैशाख ६ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका हुन् । तीनै कम्पनी १ः१ः१ को स्वाप रेसियोमा गाभिन लागेका हुन् ।

यसर्थ युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर हुने सेयरधनीहरूले हिमालयन लाइफ इन्स्योरेन्सको पनि १०० कित्ता नै सेयर पाउनेछन् । मर्जरपछि बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, डाटा माइग्रेसन प्रक्रियाको लागि वैशाख २३, २४ र २५ गते तीन वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू बन्द हुनेसमेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्