जिल्ला प्रशासनमा हेल्प डेस्क र स्तनपान कक्ष

जुम्ला- जिल्ला प्रशासन कार्यालय जुम्लाले हेल्प डेस्क र स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको सक्रियतामा आराम तथा स्तनपान कक्ष, प्रतिक्षालय, लैगिंकमैत्री शौचालय, सहायता कक्ष, चिसो–तातो पानीलगायत सुविधा थपिएका हुन् ।
स्तनपान कक्ष अपांगमैत्री होस् भनेर भुइँ तलामै सञ्चालन गरीएको छ । स्तनपान कक्षभित्र बच्चाका लागि विभिन्न खेलौना पनि राखिएको छ । प्रजिअ बञ्जाडेले नागरिकमैत्री सेवा शुसासन र प्रशासनलाई एकैसाथ अगाडि बढाएकी छन् ।