मालपोतको कारोबार बैंकबाट सुरु «

मालपोतको कारोबार बैंकबाट सुरु

बाँके- भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले बुझाउनुपर्ने सम्पूर्ण राजस्व बैंक मार्फत् बुझाउनुपर्ने भएको छ । सेवाग्राहीको भिडभाड हुने सो कार्यालयमा नगद कारोबार गर्दा सेवाप्रवाह अस्तव्यस्त हुँदै जोखिम बढ्न थालेपछि बुधबारदेखि मालपोत नजिकै रहेको नेपाल बैंक लिमिटेडको सिटी कार्यालयमा दाखिला गर्न सुरु गरिएको हो । अव सेवाग्राहीले बैंकमा रकम जम्मा गरेर भौचर ल्याएपछि कार्यालयवाट सेवा प्रक्रिया अघि बढ्ने छ ।बाँके- भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले बुझाउनुपर्ने सम्पूर्ण राजस्व बैंक मार्फत् बुझाउनुपर्ने भएको छ । सेवाग्राहीको भिडभाड हुने सो कार्यालयमा नगद कारोबार गर्दा सेवाप्रवाह अस्तव्यस्त हुँदै जोखिम बढ्न थालेपछि बुधबारदेखि मालपोत नजिकै रहेको नेपाल बैंक लिमिटेडको सिटी कार्यालयमा दाखिला गर्न सुरु गरिएको हो । अव सेवाग्राहीले बैंकमा रकम जम्मा गरेर भौचर ल्याएपछि कार्यालयवाट सेवा प्रक्रिया अघि बढ्ने छ ।बुधबार नेपाल बैंक लिमिटेडले आयोजना गरेको एक कार्यक्रमका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंकका प्रदेश ५ का प्रमुख पासाङदोर्जे शेर्पा, प्रमुख मालपोत अधिकृत प्रेम दौल्याललगायतले संयुक्तरूपमा उक्त सेवाको उद्घाटन गरे ।बैंकले दामोदर सुनार र बिष्णु कार्की मालपोतको राजस्व नेपाल बैंक सिटी अफिसमा जम्मा गर्ने पहिलो सेवाग्राही बने । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भुजेलले बैंकमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेका थिए । बैंकमा राजस्व दाखिला गरेको भौचर मालपोतमा देखाएपछि अब अन्य काम अगाडि बढ्ने छ । हालसम्म सेवाग्राहीले मालपोत कार्यालयमै रकम दाखिला गर्दै आएका थिए । त्यसो गर्दा सेवाग्राही लामो समयसम्म पालो पर्खिन बाध्य थिए भने साँझ जम्मा भएको रकम कर्मचारीलाई बैंकसम्म लैजान मुस्किल हुन्थ्यो ।तर अब त्यस्तो समस्याको समाधान हुने अपेक्षा गरिएको मालपोत अधिकृत दौल्यालले बताए । “बैंकमा आएपछि सेवाग्राहीले छिटोछरितो तरिकाले सेवा पाएको महसुस गर्ने विश्वास छ,” उनले भने । मालपोत कार्यालयसँगै बैंक जोडिएकाले सेवाग्राहीलाई मुस्किल नहुने अपेक्षा गरिएको दौल्यालले जानकारी दिए ।नेपाल बैंक सिटी अफिसका प्रबन्धक जनकप्रसाद सुवेदीले महत्वपूर्ण जिम्मेवारी बैंकलाई आएको भन्दै त्यसलाई सफलतापूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सेवाग्राहीलाई कुनै मर्का नपार्ने गरी सहजरूपमा काम गर्ने बताए । त्यस्तै नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख शेर्पाले आफ्नो बैंक नयाँ तरिकाले अगाडि बढिरहेको र आमनागरिकको विश्वास जितिरहेको बताए । “हाम्रो बैंकको इतिहास लामो छ । अब हामी त्यो इतिहासमा इँटा थप्ने काम गर्दैछौ, सेवा, सुविधा चुस्तदुरुस्त बनाउँदै लगेका छौं,” शेर्पाले भने । उनले मातहतका कार्यालयलाई सेवाग्राहीलाई कुनै कुरामा कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।भुमिसुधार तथा मालपोत कार्यालयको सेवा बैंक मार्फत भएपछि दैनिक ठूलो रकम बुझाउनुपर्ने, रकम बुझाउन जाँदा गाडी, कर्मचारीका साथै जोखिम बहन गर्नुपर्ने समस्याको अन्त्य हुने कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्माले बताए । “यसले अनियमितता हुने सम्भावना पनि कम रहन्छ,” उनले भने, “सेवा सुविधा पनि प्रभावकारी हुन्छ ।”हाल यातायात, भन्सार र आन्तरिक राजस्व कार्यालयमा बैंकमार्फत राजस्व बुझाउने सेवा प्रवाह हुँदै आएको छ । अव चाँडै नै सेवाग्राहीको डिभाड हुने नापी, उच्च अदालत, जिल्ला अदालतलगायतका कार्यालयमा समेत बैंकमार्फत् राजस्व दाखिला गर्ने व्यवस्था गरिने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्