एनसेलले ९७० देखि सुरु हुने नम्बर उपलब्ध गराउने «

एनसेलले ९७० देखि सुरु हुने नम्बर उपलब्ध गराउने

एनसेल आजियाटा लिमिटेडले अब ९७० देखि सुरु हुने नम्बर सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ सालको चैत ६ गते पाएको स्वीकृतिअनुसार अब नयाँ नम्बरको सेवा सुचारु गर्ने एनसेलले जनाएको छ ।

नयाँ नम्बरका साथ ग्राहकलाई थप सुविधा र अझैं विस्तारित सेवा दिन प्रयान गर्ने एनसेलको भनाइ छ । जीएसएमअन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा गरी करिब तीन करोड नम्बर उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्