सिटिजन्स बैंक र क्याट क्याफेबीच समझदारी «

सिटिजन्स बैंक र क्याट क्याफेबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र क्याट क्याफे प्रालिबीच छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले क्याट क्याफमा पाँच प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्