शे फोक्सुण्डो निकुञ्जमा हिउँ चितुवाको संख्या ९०

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ । क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए ।
प्रति १ एक सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ निकुन्जमा ९० हिउँ चितुवा रहेको उनले बताए । हिउँ चितुवा संरक्षणका लागि यहाँ रेडियो कलरसमेत जडान गरिएको छ । सरकार र डब्लु डब्लु एफ नेपालको साझेदारीमा उक्त सर्वेक्षण गरिएको थियो । संरक्षण साझेदार डब्लु डब्लु एप नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निकुन्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो । निकुन्जमा हिउँ चितुवाबाट हुन सक्ने हानीलाई रोक्नका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
पशु बिमा तथा आर्यआर्जनका कार्यक्रमसमेत हुँदै आएका छन् । हिउँ चितुवाको संख्य बढदै जाँदा यहाँका किसान भने चिन्तित भएका छन् । पशु चौपाय खोरमै आएर मारिदिने भएपछि समस्य भएको हो । शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुन्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।
यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पन्क्षीहरू, ६ प्रजातिका सरिश्रृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।
यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।
११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । जाजरकोटमा नाम मात्रको कस्तुरी प्रजनन केन्द्र जाजरकोटमा २०७६ सालमा कस्तुरी प्रजनन केन्द्र स्थापना गर्न निर्माण कार्य सुरु गरिएका संरचना कामविहीन भएका छन् ।
बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा निर्माण गरिएका संरचनाहरु कामविहीन भएका छन् । संरचना निर्माणबाहेक अरु केही काम नभएको स्थानीयबासीको गुनासो छ । वन तथा वातारण मन्त्रालयका सहसचिव मेघनाथ काफ्ले नयाँ निर्देशिका बनेपछि मात्र अघि बढ्ने बताए । प्रजनन केन्द्र स्थापनाका लागि जाजरकोटमा २१ सय मिटर उचाइको स्थान पहिचान गरि काम गरिएको थियो ।
तत्कालिन वनमन्त्री शक्तिबहादुर बस्नेतले कस्तुरी प्रजनन केन्द्र स्थापनाका लागि बजेट उपलब्ध गराएका थिए । कस्तुरी प्रजनन केन्द्रका विषयमा बारेकोट गाउँपालिकालाई समेत केही जानकारी नभएको अध्यक्ष बीरबहादुर गिरीले बताए । केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तुरी मृग प्राकृतिक बासस्थानबाट संकलन गरिने बताइएको थियो । कस्तुरीको प्रजनन गराउन र हुर्काउन तापक्रम भने बाह्रै महिना २५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्ने हुन्छ ।
सामान्यतया कस्तुरी २ हजार ५ सय मिटरभन्दा माथिल्लो भूभागमा बस्छ । २०७६ सालमा सुरु गरिएका कामहरु अहिलेसम्म पूरा नहुँदा सर्बसाधारण चिन्तित भएका छन् । कस्तुरी मृगका प्रजातिसमेत पाल्न सकिने गरी सरकारले कानुन बनाई पाल्न पाइने वन्यजन्तु, चरा, सर्प र भ्यागुतालगायत बीउ प्राणी र लाइसेन्सको दस्तुर (शुल्क) समेत राजपत्रमा प्रकाशित गरिसकेको छ । लाइसेन्स र बीउ प्राणीको दस्तुरबारे २०७६ मंसिर २३ मा राजपत्र प्रकाशित भएको छ ।