चेम्बर र वेष्ट बंगाल ट्रेड एसोसिएसनबीच समझदारी

नेपाल चेम्बर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट बंगाल टे«ड एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको कोलकातामा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्बरको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सुशील पोद्धारले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा भएको हस्ताक्षरपछि चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गरेका छन । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनले भारतीय पक्षसँंग विशेष अनुरोध पनि गरेका छन । नेपाल र भारतबीचको व्यापार–व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कोलकातासम्मको हवाई उडानको संख्या वृद्धि आवश्यक भएकोमा जोड दिए । समझदारीपत्रले द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि भई आपसी समझदारी बढ्ने विश्वास गरिएको छ । चेम्बर अफ कमर्सले हालसम्म ५६ मुलुकहरूसँंग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारीपत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपालकातर्फबाट भारतको कोलकाताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी थिए ।