Logo

बेलिब्रिज भाँचिदा मजदुरको मृत्यु

भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका १२ र रुकुम पश्चिम आठ बीस कोटको अनाहबीचमा रहेको भेरी नदीमा निर्माणधिन बेलिब्रिज पुल भाँचिदा दुइ जना भारतीयम जदुरको मृत्यु भएको छ । पुलमा काम गर्दा गर्दै पुल भाँचिएको थियो ।

अन्य सातजना घाइते भएका छन् । भारतको बराइज जिल्ला बधवापुरका ४० वर्षिय धर्मेन्द्र गौतम , ३५ वर्षिय प्ररुषत्तम गौतम रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार घाइते सात मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घटनामा परेका पाँचजना सामान्य घाइते रहेका छन् । सामान्य घाइते हुनेमा २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतम, ५० वर्षीय महिकु गौतम र गोरखनाथ चनार घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरु सबै भारतीय नागरिक हुन ।

त्यस्तै, २ जनाबर्दिया गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजंग घाइते भएका छन् । घाइतेको उद्धारका लागि नेपाली सेनाको पश्चिम हेडक्वार हवाई बेशबाट हेलिकोप्टर परिचालन गरिएको छ । भेरी नदीमा अघिल्लो वर्ष निर्माण गर्नुपर्ने पुल यो वर्ष निर्माण कार्य सुरु भई सक्नु पर्ने अवस्था थियो । पुलको आधा भाग निर्माण भइ आधा भागमा उपकरणहरु जोडने क्रममा क्रेनको प्रयोग गरिएको थियो ।

१८ टनको क्रेनको सहयोगबाट आधा भागमा काम भइरहेको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । क्रेन राख्दा भार थाम्न नसकिए पछि पुल भाँचिएको थियो ।

प्रतिक्रिया दिनुहोस्