Logo

३७ करोड ७४ लाख बेरुजु

गुल्मीमा ३७ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७८/०७९ गुल्मीमा कुल ३७ करोड ७४ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा कुल १५ अर्ब १५ करोड रुपैयाँ लेखापरीक्षण गरिएको थियो । जसमा कुल रकमको २.४८ प्रतिशत बेरुजु आएको हो । त्यसमध्ये पनि सबैभन्दा कम मालिका गाउँपालिकामा बेरुजु देखिएको छ । कुल एक अर्ब ३० करोड २३ लाख नौ हजार रुपैयाँको लेखापरीक्षण गराएकोमा एक करोड १८ लाख ७२ हजार रुपैयाँ बेरुजु आएको हो । जून कुल रकमको ०.९१ प्रतिशत हो ।

यो सँगै छत्रकोट गाउँपालिकामा कुल एक अर्ब ३० करोड ४६ लाख ७० हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ८६ लाख नौ हजार रुपैयाँ बेरुजु आएको छ । जून कुल रकमको १.६० प्रतिशत हो । जिल्लाको मुसिकोट नगरपालिकाको कुल एक अर्ब ७४ करोड ७४ लाख ९४ हजार रुपैँयाको लेखापरीक्षण गरिएकोमा दुई करोड ८७ लाख ५१ हजार रुपैयाँ बेरुजु देखिएको छ । जून कुल रकमको १.६५ प्रतिशत हो ।

मदाने गाउँपालिकामा कुल एक अर्ब ३५ करोड १२ लाख ८२ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल दुई करोड ३० लाख ३९ हजार रुपैयाँ बेरुजु रहेको छ । यो १.७० प्रतिशत हो । त्यस्तै इस्मा गाउँपालिकामा एक अर्ब १३ करोड दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ४१ लाख आठ हजार रुपैयाँ बेरुजु आएको छ । जून कुल रकमको २.१२ प्रतिशत हो ।

साथै सत्यवती गाउँपालिकामा कुल एक अर्ब ३२ करोड ५७ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ९० लाख ७६ हजार रुपैयाँ बेरुजु आएको छ । जून कुल रकमको २.१९ प्रतिशत हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा एक अर्ब ३४ करोड ४३ लाख ४७ हजारको लेखापरीक्षण गरिएकोमा कुल दुई करोड ८७ लाख ५१ हजार रुपैयाँ बेरुजु आएको छ । यो कुल रकमको २.१४ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्