बैंकको ब्याजले छात्रवृत्ति

स्याङ्जा उद्योग वाणिज्य संघले विभिन्न बैंकबाट संस्थाको खातामा प्राप्त ब्याज रकमबाट छात्रवृत्ति दिने भएको छ । बैंकमा राखिएको रकमबाट प्राप्त ब्याज सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप रकम दिने भएको हो ।
मुद्दती खातामा रहेको रकमको ब्याज पहिलो चरणमा जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति रकम वितरण गरिएको छ । चौथो स्याङ्जा महोत्सव २०७२ मा बचत भएको करिब १९ लाखबाट प्राप्त ब्याजमध्ये २० हजार छात्रवृत्ति स्वरूप वितरण गरिएको छ ।
“संस्थामार्फत थोरै भए पनि जम्मा भएको रकमको बैंकबाट प्राप्त ब्याजले धेरै काम गर्न नसकिने भए पनि गरिब परिवारलाई सहयोग पु¥याउने हाम्रँे उद्देश्य हो ।” संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले भने, “ब्याज रकमबाट ठूलो उपलब्धी हासिल गर्न सहज छैन् तर सानो रकमबाट गरिबको पठन–पाठनमा सहजता आउने विश्वास छ ।”
जिल्लाका धेरैभन्दा धेरै सामुदायिक विद्यालयलाई छात्रवृत्तिको दायरामा समाबेश गर्न संघले सरोकारवाला निकायस“ग छलफल थालेको छ । संघका अनुसार जिल्ला शिक्षा कार्यालय र सामुदायिक विद्यालयस“ग सहकार्य गरेर गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति बढाउने तयारी गरिएको छ ।
“बैंक ब्याज र अन्य स्रोतबाट रकम जुटाएर सरकारी विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई प्रोत्साहन बढाउन छात्रवृत्तिको व्यवस्था गरेका हौं ।” संघका द्वितीय उपाध्यक्ष महादेव श्रेष्ठले भने, “सामुदायिक विद्यालयस“ग सहकार्य गरेर गरिब तथा जेहेन्दार छात्रछात्राको पहिचान गरेर कोही नछुटुन र कोही नदोहोरिउन भनेर आवश्यक गृहकार्यमा लागेका छौं ।”
जिल्लाका सामाजिक संघ–संस्थाले विभिन्न गतिविधिमार्फत बचत गरेका रकमबाट पु“जीवृद्धि गर्ने ध्येय राखेको अवस्थामा उद्योग वाणिज्य संघले गरेको पहललाई स्थानीयले प्रशंसा गरेका छन् । निजी विद्यालय केन्द्रित विद्यार्थीको मनोभावनलाई समेत छात्रवृत्तिका कार्यक्रमले सामुदायिक विद्यालय केन्द्रित गर्नेमा स्थानीयले विश्वास व्यक्त गरे ।