नेपाल रेमिट र कृषि विकास बैंकबीच सम्झौता

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरेका छन् ।
विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल. तथा देशभरी तीनसय भन्दा बढि शाखा कार्यालय र थुप्रै एक्स्टेन्सन्न काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको कृषि विकास बैंकबीचको सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखामार्फत प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैंकसँगको सम्झौतासँगै नेपाल रेमिटले देशभर १२ हजार भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।