ट्रान्ससन् नेपालले ल्यायो क्यामोन आई ब्रान्डका नयाँ मोबाइल «

ट्रान्ससन् नेपालले ल्यायो क्यामोन आई ब्रान्डका नयाँ मोबाइल

विश्वकै अग्रणी स्थानमा रहेको मोबाइल फोन एवं अन्य सञ्चारसम्बन्धी उपकरणको निर्माता ट्रान्ससन् होल्डिङले नेपाली मोबाइल बजारमा उल्लेखनीय रूपमा आफ्नो उपभोक्ता संख्या बढाइरहेको जनाएको छ । २०१७ को सेप्टेम्बरमा कम्पनीले विधिवत रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो र विगत ३ महिनाको दौरानमा आइटेल ब्रान्डले १६ ५ बजार अंश ओगटी आफूलाई पहिलो स्थानमा राख्न सफल भएको दाबी गरेको छ ।
ट्रान्ससन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो मोबाइल र ओराइमो सेट नेपाली बजारमा भित्रयाएको थियो । यी तीन ब्रान्डहरूले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रूपमा बढाइरहेको र क्यामोन आइले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।
ट्रान्ससन नेपालले हालसालै क्यामोन आइ ब्रान्डका नयाँ मोबाइल सेटहरू नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको जनाएको छ । फोटो खिच्नका लागि अत्यन्तै उपयुक्त क्यामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एलईडी लेन्स् फ्ल्यास एवं पाँच पी लेन्स् लगायत अन्य विशेषताहरू रहेको कम्पनीको दाबी छ । इनसेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरू प्रयोग गर्दा उत्कृष्ट टच स्क्रिन अनुभव हुनुका साथै ब्याट्रीको पनि कम खपत हुने भन्दै कम्पनीले ३ जीबी आर एएम, ३२ जीबी आर ओएम एवं १३ जीएचजेड क्वाड कोर प्रोसेसर भएको क्यामोन आइ पहेंलो, कालो र नीलो रंगमा उपलब्ध जनाएको छ । यो मोबाइल सेटको बजार मूल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्