यूएईमा ‘दुई थोपा हाँसो’ «

यूएईमा ‘दुई थोपा हाँसो’

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई र सिस्नुपानी नेपालको आयोजनामा यूएईका विभिन्न प्रान्तमा हास्यव्यग्य तथा जनचेतनामूलक कार्यक्रम ‘दुई थोपा हाँसो’ सम्पन्न भएको छ । १ फेब्रुअरीमा अबुधाबीबाट सुरु भएको कार्यक्रम मुसाफा अबुधाबी, दुबईको अलकुज, अलऐनको सारिकात, शारजाहको नेशनल पेन्ट, दुबईको अलकुजमा दोसो पटक र फुजेरामा सम्पन्न भएको हो । दोस्रो दिन शुक्रबार दुबईस्थित अलकुलको बक्रली क्याम्पमा र अलएन प्रान्तको अलखेर सारिकाटमा भएको थियो । तेस्रो दिन शनिबार शारजाह प्रान्तमा रहेका ल्यकनोक क्याम्प नेशनल पेन्ट्समा कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको आयोजना, नेपाली राजदूतावास अबुधाबीको संयोजनमा यूएईका विभिन्न प्रान्तमा सम्पन्न कार्यक्रमको यो संस्करण फुजेराको कार्यक्रमसँगै सम्पन्न भएको आयोजक समितिका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । हास्यव्यंग्य कलाकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष मनोज गजुरेल, महासचिव टंक आचार्य, सल्लाहकार डा. रवीन्द्र पाण्डेसहितको टोली युएई पुगेको थियो । कार्यक्रममा नेपाली राजदूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँलको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्