जम्बो इलेक्ट्रिकल स्कुटर किन्दा २ हेल्मेट र नगद छुट «

जम्बो इलेक्ट्रिकल स्कुटर किन्दा २ हेल्मेट र नगद छुट

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुटसहित उपहार योजना ल्याएको छ । कम्पनीले पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात् दुईवटा हेल्मेट उपहार दिने योजना ल्याएको हो ।

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र एमडीकेए ब्राण्डका इलेक्ट्रिक स्कुटरका आयातकर्ता जम्बो इको भेहिकलले नगद छुट २५ हजार रुपैयाँसहित अनौठो योजना ल्याएको कम्पनीका प्रतिनिधिले जनाएका छन् । लोकन्थली भक्तपुरमा मल्टिब्राण्ड शोरुम अर्थात् विभिन्न ब्राण्ड एकै स्थानमा पाइने शोरुम रहेको कंम्पनीले लेबिनिङ, एमडीकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्रीवितरण गर्दै आएको छ ।

सेल्स, सर्भिस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्रीपश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनी का प्रतिनिधी बताउँछन् । हाल जम्बो इको भेहिकलले ३००० वाटसम्मको मोटर भएका, ७२ भोल्टसम्मका इलेक्ट्रिकल स्कुटर तथा ई.साइकलहरु बिक्री वितरण गर्दै आएको छ जसका मूल्य ७० हजार रुपैयाँबाट सुरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्