Logo

९ महिनामा १ अर्ब ७२ करोड ५४ लाख राजस्व संकलन

जिल्लामा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा राजस्व संकलन घटेको छ । आर्थिक वर्ष २०७८/०७९ को चैतसम्म संघतर्फ दुई अर्ब ३८ करोड ४७ लाख १९ हजार ८७१ रुपैयाँ राजस्व संकलन भएको थियो तर चालू आर्थिक वर्षको चैत २२ गतेसम्म एक अर्ब ७२ करोड ५३ लाख ७९ हजार २६० रुपैयाँमात्रै राजस्व संकलन भएको छ ।

नौ महिनाको अवधिमा दाङको राजस्व ६५ करोड ९३ लाख ४० हजार ६११ रुपैयाँले घटेको पाइएको हो । यस्तै प्रदेशतर्फ पनि गत आर्थिक वर्षको चैतसम्म ८१ करोड ९४ लाख ४१ हजार ४३ रुपैयाँ संकलन भएकोमा चालू आर्थिक वर्षको चैत २२ गतेसम्म ६० करोड तीन लाख एक हजार २६९ रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेशमा चालू आवको नौ महिनामा २१ करोड ९१ लाख ३९ हजार ७७४ रुपैयाँ राजस्व घटेको छ ।

संघतर्फ गत आर्थिक वर्षको चैतसम्म एक अर्ब ६५ करोड २७ लाख २७ हजार ५३६ रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले यो आर्थिक वर्षको चैत २२ गतेसम्म एक अर्ब ३८ करोड ७८ लाख ८१ हजार ३४८ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म ५४ करोड ८६ लाख २५ हजार ५५६ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले अहिलेसम्म ११ करोड तीन लाख ४९ हजार ९१० रुपैयाँ राजस्व संकलन गरेको छ ।

संघतर्फ गत आर्थिक वर्षको चैतसम्म एक अर्ब ६५ करोड २७ लाख २७ हजार ५३६ रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले यो आर्थिक वर्षको चैत २२ गतेसम्म एक अर्ब ३८ करोड ७८ लाख ८१ हजार ३४८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला हुलाक कार्यालयमा ४८ं लाख २९ हजार ६३७ रुपैयाँ राजस्व उठेकोमा यो वर्ष २९ लाख ६२ हजार २३२ रुपैयाँ राजस्व उठेको छ । गत आर्थिक वर्षको चैतसम्म ५६ लाख ३६ हजार ३४० रुपैयाँ राजस्व उठेको इलाका र जिल्लाको नापी कार्यालयमा यस वर्ष ३९ लाख २७ हजार ६४७ रुपैयाँमात्रै राजस्व उठेको छ ।

गतवर्ष चैतसम्म एक करोड ३९ लाख ४५ हजार ९७० रुपैयाँ राजस्व उठेको शिक्षा विकास तथा समन्वय इकाईमा एक करोड ३५ लाख ८४ हजार ८६० रुपैयाँ राजस्व संकलन भएको छ । चार लाख ६५ हजार ३७५ रुपैयाँ राजस्व संकलन भएको उच्च अदालतमा तीन लाख ६८ हजार १२५, गत वर्ष एक करोड ९८ लाख ८३ हजार ४९३ रुपैयाँ राजस्व संकलन भएकोे जिल्ला अदालतमा एक करोड ५९ लाख ४५ हजार ४३९ रुपैयाँ राजस्व संकलन भएको छ ।

नौ लाख ९३ हजार ६३० रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालयमा यस वर्ष ६४ हजार २२० रुपैयाँ राजस्व संकलन भएको छ । सात लाख ८० हजार ३६० रुपैयाँ राजस्व संकलन गरेको १९ नम्बर बाहिनी अड्डाले यस वर्ष पाँच लाख तीन हजार ५८० रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै प्रदेशतर्फ १२ करोड २५ लाख ५५ हजार २१० रुपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था सेवा कार्यालयले १० करोड ७९ लाख ५७ हजार ९६१ रुपैयाँ, ३६ करोड ६० लाख ७० हजार ३९६ रुपैयाँ राजस्व संकलन गरेको प्रदेश लेखा इकाई कार्यालयले १२ करोड २८ लाख ३२ हजार ३८४ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

यस्तै गत आर्थिक वर्षको चैतसम्म तीन करोड १८ लाख ३० हजार ९८३ रुपैयाँ संकलन गरेका लमही र घोराहीका डिभिजन वन कार्यालयले यस वर्ष दुई करोड १९ लाख ६२ हजार ९२८ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

केही कार्यालयमा बढ्यो

अधिकांश कार्यालयले राजस्व संकलन कम गरे पनि केहीले भने गत वर्षको तुलनामा राजस्व वृद्धि गरेका छन् । गत वर्ष ११ लाख ८९ हजार १०२ रुपैयाँ राजस्व संकलन गरेको कोइलाबास भन्सार कार्यालयमा यस वर्ष ६२ लाख ३४ हजार ४०७ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सात लाख २६ हजार राजस्व संकलन गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले यस वर्ष १३ लाख ५८ हजार २८८ रुपैयाँ राजस्व संकलन गरेको छ भने जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि राजस्व संकलन वृद्धि गरेका छन् ।

गत वर्ष पाँच करोड दुई लाख ७० हजार ९०४ रुपैयाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा हालसम्म ११ करोड ४१ लाख ८० हजार ४५० रुपैयाँ राजस्व संकलन गरेका छन् । यस्तै ७९ लाख ८१ हजार ९५७ रुपैयाँ राजस्व संकलन गरेको सडक डिभिजन कार्यालयले यस वर्ष एक करोड ४९ लाख ६७ हजार २२२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

चार लाख ५५ हजार ७०३ रुपैयाँ राजस्व संकलन गरेको बृहत् दाङ उपत्यका सिंँचाइ आयोजनाले यस वर्ष ४४ लाख ४६ हजार ८६६ रुपैयाँ राजस्व संकलन गरेको छ । एक करोड ९८ लाख तीन हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दुई करोड ११ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै प्रदेशतर्फ एक करोड ५२ लाख ३५ हजार १५१ रुपैयाँ संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयले एक करोड ७१ लाख नौ हजार २७१, २७ करोड ६४ लाख १६ हजार ६७२ रुपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालयले यस वर्ष ३३ करोड चार लाख ६३ हजार ६२८ रुपैयाँ राजस्व संकलन गरेको छ । संघ र प्रदेशतर्फको राजस्व संकलन गत वर्षभन्दा कम भएको कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका कोष नियन्त्रक उदयराज भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ मा संघतर्फ दाङले तीन अर्ब २३ करोड ५५ लाख २६ हजार ६७२ रुपैयाँ राजस्व संकलन गरेको थियो । प्रदेशतर्फ गत आर्थिक वर्षमा १० करोड ६४ लाख ८७ हजार २३६ रुपैयाँ राजस्व संकलन भएको थियो । कोष नियन्त्रक भण्डारीका अनुसार अर्थतन्त्र कम चलायमान हुँदा राजस्व संकलन घटेको हो ।

“समग्र देशकै राजस्व गत वर्षको भन्दा कम नै छ । लक्ष्यअनुसार उठेको अवस्था छैन,” उनले भने, “व्यापार व्यवसायमा मन्दीका कारण आन्तरिक राजस्व कार्यालयको राजस्व घटेको छ, विलासी वस्तु आयातमा रोक लगाउँदा यातायात क्षेत्रको राजस्व घटेको छ ।”

आयात कम हुँदा मूल्य अभिवृद्धि करको असुली पनि घटेको उनी बताउँछन् । “विकास निर्माणको काम सुस्त गतिमा भयो । जसले निर्माण व्यवसायीबाट हुने अग्रिम आयकर, मूल्य अभिवृद्धि कर असुली कम भयो,” उनले भने, “आयात/निर्यात कम भयो, विकासका काममा हुनुपर्ने जति काम भएन । मूल्य अभिवृद्धि कर, अग्रिम आयकरका कारण राजस्व घट्न पुग्यो ।”

प्रतिक्रिया दिनुहोस्