Logo

व्यापारयुद्धबाट लाभ लिँदै अमेरिका–चीनइतरका मुलुक

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न मुलुकसँग ठूलो परिमाणमा व्यापारघाटा भएको बताउँदै ती मुलुकका सामग्रीमा ठूलो परिमाणमा शुल्क लगाएर व्यापारयुद्ध नै सुरु गरेका छन् । विशेष गरी ठूलो परिमाणमा अर्थात् मासिक नै २५ अर्ब डलरको व्यापारघाटा बेहोरेको चीन लक्षित गर्दै उनले २५ प्रतिशतसम्मको शुल्क लगाएर चीनसँग व्यापारयुद्ध नै सुरु गरेका छन् । तर, अमेरिका–चीन व्यापारयुद्धबाट अमेरिकाले पनि लाभ लिन नसक्ने देखिएको छ । यसबाट अमेरिका–चीनइतरका मुलुकहरू भियतनाम, ताइवान, बंगलादेश र दक्षिण कोरियाले लाभ लिने देखिएको छ ।
अमेरिकीले चीनबाट थोरै परिमाणमा मात्रै चिनियाँ सामग्री खरिद गर्न थालेका छन् । तर, उनीहरू अमेरिकी सामग्रीतर्फ आकर्षित नभई ट्रम्पको शुल्क छल्नका लागि उनीहरू अन्य एसियाली मुलुकका सामग्रीतर्फ मोडिएका छन् ।
एक वर्षभन्दा बढीको अवधिदेखि अमेरिकीहरूमा यो प्रवृत्ति देखिन थालेको छ । जब अमेरिका–चीन व्यापार वार्ता सफल नभएका कारण उनीहरू चिनियाँ मात्रै नभई महँगा अमेरिकी सामग्री किन्नुको सट्टा अन्य एसियाली मुलुकबाट आएका सामग्री किन्नतर्फ आकर्षित भएका हुन् ।
वर्षको सुरु पाँच महिनाको अवधिमा अमेरिकाले गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत कम चिनियाँ सामग्री आयात गरेको छ । तर, भियतनामबाट आयात गरेको सामग्रीमा ३६ प्रतिशत, ताइवानबाट २३ प्रतिशत र बंगादेशबाट गरेको आयातमा १४ प्रतिशतको वृद्धि भएको छ ।
ट्रम्पको शुल्कबाट उपभोक्ता सामग्रीहरू बेसबल क्याप, लगेज, बाइक र ह्यान्डब्याग महँगा भएका छन् । यी सामग्रीहरू चीनमा निर्मित हँुदै आएका थिए र अमेरिकाले आयात गर्दै आएको थियो । ट्रम्पको शुल्कले विभिन्न किसिमका औद्योगिक सामग्रीहरू डिस वासर, वासिङ मेसिन, ड्रायर्स र वाटर फिल्टर पनि महँगिएका छन् ।
ओशाकामा जी–२० को सम्मेलनको सीसँगको भेटघाटपछि वार्ताको ढोका खुलेको र वार्ता पनि सुरु भएको ट्रम्पले बताइसकेका छन् । उनले थप सामग्रीमा भन्सार शुल्क नलगाउने पनि बताएका छन् ।
तर जब ट्रम्प प्रशासनले मेमा २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा शुल्क बढाएर २५ प्रतिशत पु¥याउने बताएपछि अमेरिकी व्यवसायीहरूको चिन्ता चुलिएको थियो । ट्रम्पले बाँकी चिनियाँ सामग्रीको आयातमा नयाँ शुल्क लगाउने चेवतानी दिएका थिए । यदि उनको चेतावनीअनुसारको शुल्क बढाइएको भए स्मार्टफोन, खेलौना र माछालगायतका सामग्री प्रभावित हुने थिए ।
ट्रम्पको यस किसिमको कदमले चीन छोड्ने कम्पनीको लर्को नै लाग्ने भएकाले चीन विनाशकारी अवस्थातर्फ धकेलिनेमा कुनै शंका छैन ।
भियतनामले चीनमा निर्मित भएर ‘मेड इन भियतनाम’को लेभल लगाउने कम्पनीहरूमाथि जाइलाग्ने पहिले नै जनाइसकेको छ ।
आपूर्तिकर्तालाई चीनमा उत्पादन भएको समान सामग्री समान गुणस्तर र समान मुल्यमा पाउनका लागि प्रायः असम्भव नै रहेको छ । चीनबाहिरका मुलुकबाट यस किसिमका सामग्री पाउनका लागि सम्भवतः महिनौं वा वर्षौं पनि लाग्न सक्छ । यसको सट्टा आयातकर्ताहरू बढी मूल्य तिर्नका लागि नै राजी हुन्छन् । उनीहरूले पनि ट्रम्पले चाँडै शुल्क फिर्ता लिने अपेक्षा गरेका छन् । उनीहरूले बढेको मूल्य उपभोक्तामा सार्ने सम्भावना पनि त्यत्तिकै छ ।
मिसौरीस्थित क्याप अमेरिकाले बेसबल क्यापको बहुसंख्यक चीनबाट आयात गर्दै आएको छ र यसलाई अमेरिकामा सजाउने गरेको छ । यो कम्पनीले शुल्क छल्नका लागि बंगलादेशी आपूर्तिकर्ता प्राप्त गर्ने प्रयास गरिरहेको छ । तर, यो कम्पनीबाट हुने आयातबाट पनि यो वर्षको आयातको २० प्रतिशत मात्रै पूर्ति गर्ने देखिएको छ ।
तर, तत्काल अर्को उत्पादक छान्नका लागि निश्चित समय लाग्छ । त्यसैले यो पनि लगभग असम्भवजस्तै देखिएको छ ।
तर, यो वर्ष चीनबाहिरका मुलुकबाट अमेरिका भित्रिने आयातमा उल्लेख्य मात्रामा वृद्धि भएकमो छ । केही उत्पादनहरू चीन बाहिर सरिसकेका छन् ।
ताइवान र दक्षिण कोरियाले उच्च प्रविधिहरू जस्तै सेमिकन्डक्टरमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । तर, भियतनाम र बंगलादेशले अभैm पनि प्रतिस्पर्धी ज्यालामा जोड दिँदै आएका छन् । यसरी सरसर्ती हेर्दा अमेरिका– चीन व्यापारयुद्धबाट अमेरिकाले फाइदा लिन सक्ने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्