कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका–३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारीस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ । उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावारण वनाउने उद्देश्य रहेको छ ।
बुथको काठमाडौं महानगरपालिका–३ का वडा सदस्य कृष्णराज चालिसेले उद्घाटन गरेका छन् । बुथ बाँसवारीस्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरलाई एक व्यवस्थित स्थान प्रदान गरि उनीहरुको जीविकोपार्जन गर्न सहयोग पुग्ने अपेक्षा लिएको बैंकको भनाइ छ ।