ह्वावेले दक्षिण एसियामा स्मार्ट ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने
![](https://www.karobardaily.com/wp-content/uploads/2023/04/Huawei.png)
ह्वावेले आगामी पाँच वर्षभित्र दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने घोषणा गरेको छ । यस रणनीतिमा आईसीटी एकेडेमी निर्माण, आईसीटी र स्टार्टअप प्रतियोगिताहरू, अनलाइन पाठ्यक्रम भर्नाजस्ता विभिन्न कार्यक्रम रहने कम्पनीले जनाएको छ ।
दक्षिण एसियाको प्रतिनिधि कार्यालयमा आयोजित ‘बिल्डिङ अ स्मार्ट ट्यालेन्ट इकोसिस्टम, इन साउथ एसिया, फर साउथ एसिया’ शीर्षकको कार्यक्रममा उक्त घोषणा गरिएको हो । दक्षिण एसिया जनसम्पर्क विभाग बंगलादेशका निर्देशक युयिङ कार्लले कार्यक्रममा ह्वावेको अन्तरदृष्टि योजना सेयर गरेका थिए ।
हालै ह्वावेले नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशलाई समेट्ने गरी ढाकामा आफ्नो दक्षिण एसिया प्रतिनिधि कार्यालय स्थापना गरेको छ । यो खण्ड ह्वावे एशिया प्यासिफिक क्षेत्रको एक उप–क्षेत्र हुनेछ जसको मुख्य उद्देश्य यस क्षेत्रलाई थप ध्यान दिएर सहयोग गर्नु र ग्राहक, साझेदार, इकोसिस्टम र समाजका लागि ‘दक्षिण एशियाका लागि, दक्षिण एसियाका लागि’ प्रेरणाको साथ राम्रो भ्यालु सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले सबै प्रमुख रणनीतिहरूमध्ये सधैं प्रतिभा विकासमा जोड दिएको छ किनभने यो स्थानीय सशक्तिकरण र साझा सफलतामा विश्वास गर्छ । यही विचारलाई ध्यानमा राखी ह्वावेले गत वर्ष दक्षिण एशियामा ६ हजारभन्दा बढी आईसीटी प्रतिभाहरू विकास गरेको छ र अब कम्पनीले आगामी पाँच वर्षभित्र ५० हजार नयाँ आईसीटी प्रतिभा विकास गर्ने योजना बनाएको छ ।
‘सीड्स फर द फ्युचर’दक्षिण एसियाका देशहरूमा विगत धेरै वर्षदेखि आयोजना भइरहेको स्नातक विद्यार्थीहरूका लागि ह्वावेको प्रमुख कार्यक्रम हो । यसबाहेक ह्वावेले स्टार्टअपहरूबाट आइसिटि इन्क्युबेटरको आयोजना गर्छ, जसमा उनीहरूलाई सीड लगानी, प्रविधि र मार्गदर्शनमा सहयोग प्रदान गर्छ । साथै कम्पनीले आईसीटी क्षेत्रमा महिलाहरूका लागि विशेष कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ ।
यसैगरी ह्वावेले ‘ह्वावे साउथ एसिया एकेडेमी’ को पनि स्थापना गरेको छ, जसले सरकारी प्राविधिक अधिकारीहरू, अपरेटरहरू, शिक्षाविद्हरू, सि.ए.सइ./इ.इ.इका विद्यार्थीहरू र समग्र इकोसिस्टम साझेदारहरू जस्ता सरोकारवालाहरूलाई जोडेको छ । ह्वावेले ३० वर्षभन्दा बढी समयदेखि अनुसन्धान र विकासमा गरेको महत्वपूर्ण लगानीका साथमा हालैका आईसीटी आविष्कारहरू, इन्जिनियरिङ पाठ्यक्रमहरू, समाधानहरू र यस्तै अन्य कुराहरूको विश्वव्यापी व्यापार परिदृश्यहरू यहाँ देखाइनेछ ।
आईसीटी एकेडेमीहरू दक्षिण एसियाका विभिन्न इन्जिनियरिङ विश्वविद्यालयहरूसँग बनाइँदै छन् ताकि विद्यार्थीहरूले आफ्नो मनपर्ने कार्यक्रमहरूमा भर्ना हुन सकून् र विश्वव्यापी रूपमा स्वीकृत प्रमाणपत्रहरू प्राप्त गर्न सकुन् । २०२२ को अन्त्यसम्ममा विश्वभरका २,२०० भन्दा बढी विश्वविद्यालयहरूसँग ह्वावे आईसीटी एकेडेमीहरू स्थापना गरेका गर्ने कम्पनीले जनाएको छ ।