जानकी आँखा अस्पताललाई एनएमबि बैंकको सहयोग

एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त सहयोग अस्पतालमा आवश्यक उपकरण खरिद गर्न हस्तान्तरण गरिएको बैंकले बताएको छ ।
सो कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेशकुमार झासमेतको उपस्थिति रहेका थियो । साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेशप्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झालगायत अन्य पदाधिकारीेतको उपस्थित थिए ।
बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित बैंक हो ।